दमक/ झापाको भद्रपुर ४ स्थित इलाम टि प्रोडुसर प्रालिको निर्माणाधिन भवन नजिकैको खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहिबार अपरान्ह करिब साढे ४ बजे भएको सो घटनामा भद्रपुर ७ का अन्दाजी ४० बर्षिय भोटेलाल राजवंशीको मृत्यु भएको हो ।
खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको लागि मेची अस्पताल भद्रपुर लगिएकोमा तत्कालै डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box