दमक/ बेलायत सरकारले प्रदान गर्ने भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका मध्ये एक मात्र जिवित भूतपूर्व गोर्खा सैनिक राम बहादुर बेघा स्वास्थ्य अवस्था जटिल बनेको छ । उनको उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
दमकका स्थायीबासिन्दा ८८ बर्षिय बेघा एक साता लामो झापामा उपचारपछि बुधबार काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन । उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको समेत सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको हो ।
मिर्गौला र मुटु सम्बन्धि पुरानो समस्याबाट पीडित बेघाको दशैं अघि एक साता सम्म झापाकै एक निजी अस्पतालमा उपचार गरिएको थियो । सो पछि घर ल्याइएका बेघाको शरिरमा स्लाइनका माध्यमबाट औषधी आपूर्ति गराउन नशा नभेटिएका कारण बैकल्पिक बिधिबाट उपचारका लागि चिकित्सकहरुको सल्लाह अनुसार मेडिसिटी लगिएको उनका नातेदार मोहन बेघाले जानकारी दिए । बेघाका चार छोरा मध्ये एक जनाको निधन भइसकेको छ भने हाल दुई छोरासहित नाती, नातिनाहरु समेत उनको उपचारका लागि काठमाडौंमा छन ।
