दमक/ गौरादह नगरपालिका वडा नं ३ को वडा कार्यालयको आयोजनामा आँखा जाँच सम्बन्धि एक दिने निशुल्क शिविर सम्पन्न भएको छ ।
मंगलबार आधारभुत स्वास्थ्य केन्द्रमा मेची आँखा अस्पताल विर्तामोडको सहयोगमा सञ्चालित शिविरमा आँखा परिक्षण गराएका ३४१ जना मध्ये १७ जनामा मोतिया विन्दुको समस्या देखिएको छ । मोतिया विन्दुको समस्या देखिएका सबैलाई निशुल्क शल्यक्रियाको लागि मेची आँखा अस्पताल विर्तामोड लगिएको छ । त्यसैगरी १४८ जनालाई चिकित्कहरुको सिफारिसमा निशुल्क चस्मा बितरण गरिएको गौरादह ३ का वडाध्यक्ष दिलिप भण्डारीले जानकारी दिए ।

Facebook Comments Box