दमक/ दमक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकबीच दमकबासीलाई निशुल्क रगत उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ ।
दमक नगरबासी सुत्केरी , पाँच बर्ष मुनिका बालबालिका र चिकित्सकहरुले नियमित रगत दिनुपर्ने भनि सिफारिस गरेका बिरामीलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्त सञ्चार केन्द्रबाट कुनै पनि शुल्क नलिई उपलब्ध गराउने बिषयमा सम्झौता भएको रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीले जानकारी दिए ।


सम्झौता अनुसार सो दायरा भित्र पर्ने बिरामी जुनसुकै अस्पतालमा उपचार गराउने क्रममा भए पनि सो सुविधा पाउनेछन । दमक नगरपालिकाका स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईले मसिंर २७ गते अर्थात भोलीबाट नै यो सम्झौता कार्यान्वयनमा आउनेछ । रेडक्रस सोसाइटी उपशाखा दमकले रक्तसञ्चारको क्षेत्रमा पूर्वमै उदाहरणीय काम गर्दै आएको छ ।

रेडक्रसले रक्तदाताहरुबाट संकलित रगत भण्डारण गरेर उपलब्ध गराउने प्रकृया सम्म पुग्दा हुन आउने खर्च वापतको करिब ९ सय ५० रुपैयाँ शुल्क लिदैैं आएको थियो । नगरपालिकाले निशुल्क रगत उपलब्ध गराउने सम्बन्धि घोषणा अनुसार सो वापत लाग्ने शुल्क रेडक्रसलाई उपलब्ध गराउने र रेडक्रसले सो सुविधा दिने बिषयमा भएको सम्झौता कार्यान्वयन हुनेछ ।

Facebook Comments Box