शिविरमा गोदावरी हस्पिटलका संचालकसमेत रहेका वरिष्ठ चिकित्सक सुर्यनारायण साहको नेतृत्वमा नौ जना चिकित्सक टोलीले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा बाल रोग, मुटु, मिर्गौला, हाडजोर्नी तथा नशा, छाला तथा यौन, नाक, कान, घाँटी, स्त्री रोग, दाँत, मधुमेह र पाठेघरलगायत समस्याको विशेषज्ञ सेवा दिइएको थियो ।
शिविरमा दक्ष चिकित्सकबाट उपचार भइरहँदा बाल रोग विशेषज्ञ डा. सुविन कर्णसंग बच्चाहरुको चेकजाँच र उपचार गराउन होड नै चलेको हो । शिविरमा आएका विमारी बालबालिकाहरुलाई धैर्यका साथ दक्ष चिकित्सक कर्णले राम्ररी परीक्षण गरी सन्तुष्ट गरेर पठाएको गोदावरी हस्पिटलका बजार व्यवस्थापक प्रकाश चौहानले जानकारी दिए ।
जँचाउन आएका प्रायः महिला विरामीलाई भिडियो एक्सरे लगायत विभिन्न ल्याब टेष्ट गरेर रोगको निदान गरिएको तथा औषधी सिफारिस गरिएको पनि चौहानले बताए । यस्तै, बरिष्ठ सर्जन प्रमोद गुरुङ, डा. लेकिन कोइराला, डा. ममता पण्डित, डा. मनोजकुमार साह, डा. किशोरकुमार पौडेल, डा. अनिल तिमल्सिना, डा. शिवकुमार साहलगायत चिकित्सकहरुले आ–आफ्ना विशेषज्ञ सेवा प्रदान गरेका थिए । कलेजका प्रबन्ध निर्देशक यादप भण्डारीले आर्थिक अभावका कारण अस्पतालसम्म पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको बताए ।