दमक/ दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि वस्तुगत कोटाबाट सर्वसम्मत रुपमा धमाधम उम्मेद्वार चयन हुन थालेका छन् ।

आईतबार रेडिमेड व्यवसायी संघको तर्फबाट उदोग वाणिज्य संघको वस्तुगत कोटामा सदस्य पदका लागि उम्मेद्वार छनौट गरिएको हो ।
संघका अध्यक्ष गोपाल गुरागाइँका अनुसार रेडिमेड व्यवसायीहरुका तर्फबाट संघको कार्य समिति सदस्यमा सन्तोष पौडेललाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको छ । पौडेल दमकका स्थापित युवा रेडिमेड व्यवसायी हुन् ।

santosh-poudel-.jpg

यस अघि मोवाइल व्यवसायी संघको तर्फबाट वस्तुगत कोटामा सदस्यका लागि भेनस श्रेष्ठ र अटो मोवाइल व्यवसायी संघका तर्फबाट प्रकाश नेपाल उम्मेद्वार रहने निश्चित भईसकेको छ ।

ति दुवै वस्तुगत संघका अलग अलग बैठकले उनीहरुलाई उम्मेद्वार बनाउने निर्णय गरेको सार्वजनिक भएको छ । उद्योग वाणिज्य संघको निर्वाचनका लागि दलहरु उम्मेद्वार चयनका लागि सघन छलफलमा अल्झिरहेका बेला वस्तुगत संघहरुका तर्फबाट भने सदस्यमा धमाधम व्यवसायीहरुले सर्वसम्मत रुपमा आफ्ना उम्मेद्वारहरु चयन गर्नुले व्यवसायीहरुमा निर्वाचनप्रतिको उत्साह बढिरहेको निष्कर्ष निकालिएको छ ।

Facebook Comments Box