दमक/ पूर्व क्षेत्रमै पहिलो पटक दमकको एक निजी अस्पतालमा विशेषज्ञ चिकित्सकहरुले न्यून शुल्कमा बिरामीहरुको स्वास्थ्य जाँच सेवा ल्याएको छ ।
दमकस्थित एडभान्स हस्पिटलले विपन्न समुदायलाई लक्षित गरि रु १०० मै विशेषज्ञ डाक्टरहरुको सेवा शुरु गरेको हो । अस्पतालले गएको चैत १ गतेदेखि रु १ सय मै ओपीडि जाँच सेवा शुरु गरेको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए ।
अस्पतालका व्यवस्थापक समेत रहेका सञ्चालक बरालका अनुसार विहान १० वजे १ वजेसम्म ओपीडि जाँचमा रु १ सयमै विशेषज्ञ चिकित्सकको सेवा पाउने व्यवस्था गरिएको छ । अस्पतालमा दैनिक हाडजोर्नी तथा नशा रोग विशेषज्ञ अनुप पोख्रेल, बाल रोग बिशेषज्ञ डा. अनिल थापा, सर्जन डा. डा.रविन रन्जितकार, पेट, छाती तथा मुटु रोग डा. निमा शेर्पा र बरिष्ठ रेडिोलोजिष्ट डा. हिमालय देवान लगायतका डाक्टरहरुले सेवा पुरयाँउदै आएका छन् । यसअघि सो अस्पतालमा ओपिडी शुल्क ६ सय रुपैयाँ रहेको थियो ।
अस्पतालले ओपीडीमा सुविधा संगै विपन्न तथा असहाय बिरामीलाई समेत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्कषक छुटसहितका मानवीय सेवा समेत दिदै आएको जनाएको छ । यसैगरि अस्पतालले ६५ बर्ष माथिका ज्येष्ठ विरामीहरुलाई भर्ना भई उपचार गर्दा साधारण बेड शुल्क समेत शतप्रतिशत निशुल्क र प्रत्येक शनिवार विहान सुगर जाँच समेत निशुल्क गरि आएको अस्पतालले जनाएको छ ।
२५ शैयाको सो अस्पतालले सघन उपचार कक्षसहित विभिन्न रोगको उपचारमा विशेषज्ञ सेवा पुरयाँउदै आएको अस्पतालले जनाएको छ ।