दमक/ दमक अस्पतालमा नसर्ने रोगहरुको उपचारका लागि पेन–प्लस कार्यक्रमको सेवा सुरु भएको छ । काठमाडौ इन्स्टिच्यूट अफ चायल्ड हेल्थ (किओच)सँगको सम्झौता अनुसार दमक नगरपालिकामा सोमबार एक कार्यक्रम गरि सेवा शुभारम्भ गरिएको हो ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको अध्यक्षता र प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काठमाडौ इन्स्टिच्यूट अफ चायल्ड हेल्थका संस्थापक प्राध्यापक डा. भगवान कोईलाले अहिले नसर्ने रोगहरु स्वास्थ्यको ठुलो चुनौतिका रुपमा आएको भन्दै त्यसका लागि पेन–प्लस कार्यक्रम प्रभावकारी हुने बताए ।
मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता नसर्ने रोगहरुको अनुसन्धनात्मक उपचार गर्ने गरि सुरु गरिएको सेवाबाट यहाँका नागरिकले लाग लिन सक्ने डा. कोइरालाले बताए । कोईरालाले यो सेवाबाट नसर्ने रोगहरुबाट अहिले भैरहेको मृत्युको संख्या घटाउन सकिने दाबी समेत गरे ।
कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सेवा बिभाग अन्तर्गत पेन–प्लस कार्यक्रमका प्रमुख फडिण्द्र प्रसाद बरालले दमक अस्पतालमा सुरु गरेको क्षेत्रका लागि गौरबको बिषय भएको भन्दै यसलाई प्रभावकारी बनाउने जिम्मा दमककै भएको बताए । अहिलेको बिलासी जिवनशैलीका कारण नसर्ने रोगहरुको प्रकोप बढिरहेको भन्दै उनले रोग लागेर उपचार गर्नु भन्दा लाग्नै नदिने किसिमका तरिका अपनाउन सबैलाई सुझाव दिए ।
त्यस्तै पेन–प्लस कार्यक्रमका सम्योजक डा.विराज कर्माचार्यले नेपालमा करिब ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने देखिएको भन्दै यस्ता रोगहरु स्वास्थ्यको ठुलो समस्याको रुपमा देखिएको बताए । अमेरिकाको हार्वड विश्वविद्यालयको अगुवाईमा सञ्चालित यो कार्यक्रमबाट यस्ता रोगहरुको उपचार हुनुका साथै र यसबाट जोगिने उपायका बारेमा समेत नागरिक सचेतनाका कार्यक्रमहरु गरिने बताए ।

Facebook Comments Box