धनकुटा । ब्रोडकास्टिङ एशोसिएसन अफ ज्क्क्क बानका केन्द्रिय अध्यक्ष कुमार भट्टराईले एफ एम रेडियोहरुको महत्व अझै उस्तै रहेको बताएका छ्न । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा बानले आजदेखि धनकुटामा शुरु गरेको रेडियो कर्मचारी तथा सम्बाददाताका लागि तीन दिने तालिमको उदघाटन गर्दै अध्यक्ष भट्टराईले त्यस्तो बताएका हुन । अध्यक्ष भट्टराईले रेडियोलाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे । उनले एफएम रेडियोहरुलाई आत्मनिर्भर बनाउन ब्यवस्थापन पक्ष , कर्मचारी र सम्बादादाताहरुको महत्त्वपूर्ण भुमिका हुने पनि बताए । एफएम रेडियोहरुले दोहोरो , तेहेरो करको मार समेत खेप्नु परिरहेको तर्फ सरकारको ध्यानाकर्षण हुनुपर्ने पनि बताए । कोशी प्रदेशमा ७६ वटा एफएम संचालनमा रहेका र कतिपय रेडियोहरु समस्याग्रस्त अवस्थामा रहेको कार्यक्रममा जानकारी दिइयो । रेडियोलाई बिपतको समयमा सबैभन्दा उपयोगी र प्रभावकारी सन्चार माध्यम भएको पनि जनाइएको छ । उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेले पत्रकारिता जगतमा रेडियोको अलग महत्व र विशेषता रहेको बताउदै दक्ष र बिश्वसनिय बनाउने जिम्मेवारी रेडियोकर्मीहरुकै भएको बताए । तालिममा भोलीदेखी पत्रकारिताका प्रशिक्षक भानुभक्त आचार्यले प्रशिक्षण दिने बानका कोशी अध्यक्ष गिरिराज भट्टराईले बताए ।