एसइइ परीक्षाको नतिजा प्रकाशनको सन्मुखमा छ । भविष्यमा के बन्ने ? पढाईका लागि कस्तो बिषय रोज्ने भन्ने बहस यतिबेला बिद्यार्थी र अभिभावकहरुमाझ घर घरमा चलिरहेको छ । शैक्षिक संस्थाहरु बिद्यार्थी आकर्षण गर्ने अनेकानेक विशेषताहरु भएको जिकिर गरिरहेका छन । विज्ञापन गरिए जस्तै वास्तविकता धेरै शैक्षिक संस्थाहरुमा नहुन पनि सक्छ छ तर नाम जस्तै विशेषताले भरिएका थोरै शैक्षिक संस्थाहरु मात्रै पाइन्छ । तिनै नाम जस्तै काम र महत्व राख्ने शैक्षिक गन्तव्यका रुपमा बिकास भइसकेको शैक्षिक संस्था हो दमकको झापा मोडल अंग्रेजी मावि ।
झापा मोडलले यसबर्षदेखि खेलकुदमा पनि छात्रवृत्तीका लागि छुट्टै छात्रवृत्ती उपलब्ध गराउन शुरु गरेको छ । यस वर्ष खेलकुद कोटा Sports Quota फूटवल, भलिवलबाट पनि उत्कृष्ट विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिनु भयो । यो बिद्यालयले कक्षा ११ र १२ का लागि साइन्स, मेनेजमेन्ट, होटल मेनेजमेन्ट, कम्प्युटर साइन्स र विजनेश स्टडीजमा सिमित बिद्यार्थी लिन सकिन जनाएको छ । हामीसँग केही बिद्यार्थीका लागि सिमित सिट छ, गुणस्तरीय, व्यवहारिक र संस्कारसहितको शिक्षाका हामी प्रतिबद्ध छौं – प्रिन्सिपल श्रेष्ठले भन्नु भयो ।

दमक नगरपालिका वडा नं ८ मा विगत २८ वर्ष अघिदेखि सञ्चालित झापा मोडल अङ्ग्रेजी माध्यमिक विद्यालय (जेम्स ) ले शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएको छ ।
यस विद्यालयले आफ्ना विद्यार्थीहरूलाई कक्षा कोठाको चौघेराभित्र मात्र नराखी, तोकिएको पाठ्यक्रम र पाठ्यपुस्तकमा मात्र सीमित रहन नदिई, वर्तमान युगसँगै दौडिएर प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखी विद्यार्थीहरुको सर्वाङ्गीण विकास गराउन सक्ने विविध नयाँ कार्यक्रमहरु खोज गर्दै विद्यार्थीहरुलाई सहभागी गराउने गरेको छ ।
विगत २ वर्ष अघिदेखि विद्यार्थीहरुलाई आफ्नो विद्यालयमा NCC – National Cadet Corps  जुनियर डिभिजन कोर्स सञ्चालन गरी विद्यार्थीहरुमा अनुशासन, समयको महत्त्व, कर्तव्यबोध, जिम्मेवारी बहन, लगनशीलता जस्ता जीवनोपयोगी आदर्श गुणहरूको विकास गराउँदै मनैदेखि देशभक्तिभाव जागृत गराएर विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि प्रशंसायोग्य कार्य गर्दै आएको छ । गत वर्ष यस विद्यालयका विद्यार्थीहरु ( जुनियर क्याडेड) कृतज्ञता थापा, इन्सानी खतिवडा तथा प्रतीक खनालले वक्तृत्वकला प्रतियोगितामा क्रमशः राष्ट्रिय स्तरमा प्रथम , पूर्वाञ्चल स्तरमा प्रथम तथा तृतीय स्थान हासिल गरी आफूलाई अब्बल सावित गर्दै विद्यालयको गौरव बढाउन सफल भएका थिए ।
यस वर्ष अर्थात २०८० को शैक्षिक सत्रका लागि भने यस विद्यालयले आफ्नो विद्यालयमा NCC – National Cadet Corps को सिनियर डिभिजन कोर्स सञ्चालन गर्ने सुनौलो अवसर प्राप्त गरेको छ ।  अन्तर्गतको यो सिनियर डिभिजन कोर्समा कक्षा ११ र १२ का विद्यार्थीहरु मात्र सहभागी हुन पाउने छन्। 
विद्यार्थीहरुको सर्वाङ्गीण विकास गराउन महत्वपूर्ण भूमिका खेल्ने यस्तो तालिमले विविध उपयोगी ज्ञान सिप त अवश्य विकास गराउने नै छ यसका अतिरिक्त यस वर्ष सञ्चालन हुने NCC सिनियर डिभिजन कोर्समा घोडचढी (Horse Riding) , चट्टान आरोहण (-Rock Climbing) तथा गोली चलाउने Firing -Swimming) जस्ता विशेष थप सीप पनि सिक्ने अवसर प्राप्त हुनेछ ।
यस्ता सीपमा अब्बल ठहरिएका पात्रहरुले International Student Exchange Program मा सहभागी हुने सुवर्ण अवसर समेत प्राप्त गर्ने छन् ।
आफ्नै विद्यालयमा एकसय दिन सञ्चालन हुने यो तलिम नेपाली सेनाकै सुरक्षा र निगरानीमा ल्ऋऋ सञ्चालन गर्न अनुमति पाएका विद्यालयहरुको संयुक्त सहभागिता गराई २१ दिन थप तालिम प्रदान गर्नुका साथै विविध विधामा अन्तरविद्यालय प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गरी उत्कृष्ट क्याडेडहरुलाई पुरस्कृत गर्दै स–सम्मान कार्यक्रम समापन गर्ने गरिन्छ ।
त्यसैले एसईई दिएर बसेका कक्षा ११ र १२ कहाँ पढ्ने भनेर सोच्दै गर्नुभएका विद्यार्थी भाइबहिनीहरुले आफ्नो भविष्य उज्ज्वल बनाउन झापा मोडल ( जेम्स) लाई रोजेको खण्डमा अवश्य पछुताउनु पर्ने छैन ।
झापा मोडल ( जेम्स ) ले यस वर्ष खेलकुद कोटा Sports Quota फूटवल, भलिवलबाट पनि उत्कृष्ट विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ । ( प्रवद्र्धनात्मक सामग्री)

Facebook Comments Box