दमक/पहिलो पाइला नेपाल दमक शाखाले दमक उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

गणतन्त्र चोकमा सो संस्थाले शनिबार आयोजना गरेको सो कार्यक्रममा दमकको व्यवसायिक हक हितमा लाग्दै , सफा, स्वच्छ र व्यवस्थित शहरका रुपमा विकास गर्न स्थानीय सरकार, सामाजिक संघ संस्थाहरुबीचको एकता र सहकार्यमा जोड दिइएको छ ।

 

दमकको सुरक्षा व्यवस्थापनमा सहजताका लागि केही बर्ष अघि जडान गरिएका सीसी क्यामराको पूर्ण सञ्चालन, यातायात तथा ट्राफिक व्यवस्थापनमा भईरहेको अस्तव्यस्तता लगायतका बिषयमा तत्कालै संघको नेतृत्वले पहलकदमी लिनुपर्नेमा पनि जोड दिइएको थियो ।

पहिलो पाइला नेपाल दमक शाखा अध्यक्ष छवि बाँस्कोटाको अध्यक्षता र उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा संघका नवनिर्वाचित प्रथम उपाध्यक्ष तथा पहिलो पाइला नेपालका सल्लाहकार राजु खड्का, संघका नवनिर्वाचित कार्य समिति सदस्य भरत चौँलागाइँ , सूर्यदर्शन टिकाराज सापकोटा लगायतले मन्तव्य राखेका थिए । वक्ताहरुले पहिलो पाइला नेपालले समाजाका विभिन्न क्षेत्रमा गर्दै आएका कामको प्रशंसा गर्दै निरन्तर सहकार्य र सक्रियता देखाउन आग्रह गरे ।
कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाकी सचिव निशा घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन भने सञ्चालन सहसचिव राजु निरौलाले गरेका थिए ।

Facebook Comments Box