दमक/संविधान दिवसको अवसरमा आज बिहान झापाको दमकमा  प्रभातफेरी निकालिएको छ ।

दमक नगरपालिकाद्धारा गठित संविधान दिवस मुल समारोह समितिको आव्हानमा दमकको गणतन्त्र चोकमा भेला भई सर्वसाधारणले हर्षोल्लासपूर्वक प्रभातफेरीमा सहभागिता जनाएका हुन् ।

पञ्चेबाजा र विभिन्न समुहका व्यानरहरुसहित प्रभातफेरी निकालिएको हो । हात हातमा राष्ट्रिय झण्डा बोकेका सहभागीहरुको दृश्य आकर्षक देखिएको थियो ।
विशेष गरी दमकस्थित निजी तथा केही सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, ज्येष्ठ नागरिकहरु , यहाँस्थित सरकारी कार्यालयका कर्मचारी, उद्योगी, व्यापारी, राजनीतिक दलका कार्यकर्ताहरु, सामाजिक तथा जातिय संघ संस्थाहरुका प्रतिनिधिहरु र्यालीमा सहभागी भएका छन् ।
गणतन्त्र चोकबाट निस्किएको र्याली बजार क्षेत्र हुँदै दमक नगरपालिका कार्यालय अगाडी सम्म पुगेको छ । नगर परिसरमा चलिरहेको शुभकामना आदनप्रदान कार्यक्रमममा प्रतिनिधि सभाकी सांसद महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्य रहेको छ । भने प्रदेश संसद सदस्य अर्जुन राई, नेकपाका केन्द्रिय सदस्य देवेन्द्र दाहाल, प्रदेश सदस्य गगन पुरी, नेपाली कांग्रेसका क्षेत्रीय संयोजक ढुण्डीराज भण्डारी, महासमिति सदस्य शेरबहादुर भट्टराई लगायतको विशेष आतिथ्य रहेको छ ।

कार्यक्रममा नगरस्थित जनप्रतिनिधि, सामाजिक संघ संस्था तथा केही राजनीतिक दलका स्थानीय नेताहरुले पनि सम्बोधन गरेर शुभकामना आदनप्रदान गर्ने कार्यक्रमम रहेको छ ।
दिवसको पूर्वसन्ध्यामा यस अघि हिजो साँझ दमक नगर र आसपासका स्थानीय तहका कार्यालयहरुमा जनप्रतिनिधिहरु र कर्मचारीहरुले संयुक्त सहभागितामा दिपावली गरेर संविधान दिवसलाई स्वागत गरेका थिए ।
दमक नगरपालिकाले नगरबासीहरुको व्यापक सहभागितामा यस बर्षको संविधान दिवस मनाउने कार्यक्रम दुई दिन अघिनै सार्वजनिक गरेको थियो ।
नगरपालिकाकी कार्यवाहक प्रमुख तथा प्रवक्ता गीता अधिकारीले भोली असोज ४ गते सम्म विविध कार्यक्रमसहित संविधान दिवस मनाइने जानकारी दिइन् ।


पत्रकार सम्मेलनमा जनाइए अनुसार ३ दिननै नगरस्थित सबै सरकारी, गैरसरकारी कार्यालय तथा संघ संस्थाहरुले आआफ्नो कार्यालयमा र नगरबासीहरुले घर घरमा दिपावली गर्ने, ३ गते बिहान ७ बजे गणतन्त्र चोकमा संविधान दिवस मुल समारोह समितिको सक्रियतामा सबै राजनीतिक दल, विभिन्न संघ संस्थाहरु, शिक्षक शिक्षिका, विद्यार्थी, कर्मचारी, उद्योगी व्यापारी लगायतको सहभागितामा गणतन्त्र चोकदेखि नगरपालिका सम्म प्रभात फेरी गरिनेछ ।

Facebook Comments Box