इटहरी/  ब्यवसायिक रेडियोहरुको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान)ले १३ औं विश्व रेडियो दिवस मनाएको छ ।
बान कोशी प्रदेश समितिको आयोजनामा मंगलबार ईटहरीमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
बान कोशी प्रदेश समिति अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले सञ्चारमा नयाँ नयाँ प्रबिधि भित्रिएपनि आम नागरिकलाई सहज र सरल रुपमा सुसचित गराउने माध्यम रेडियानै प्रभावकारी माध्यम भएको बताएका छन । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्री राईले मुलुकको हरेक राजनीतिक सामाजिक परिवर्तनमा रेडियोको महत्वपुर्ण भुमिका रहँदै आएको बताए ।
प्रबिधिहरुमा आएको बिकाससंगै रेडिया सञ्चालनमा केही चुनौती आएको भए पनि अहिले रेडियो सञ्चारको प्रभावकारी माध्यम भएको उनको भनाई थियो ।
प्रदेश सरकारले हालै प्रदेश सभामा सञ्चार सम्बन्धि बिधेयक पेश गरेको बताउँदै मन्त्री राईले यो बिधेयक पास भएपछि धेरै कानुनी समस्या समाधान भएर जाने दाबी समेत गरे । उनले कोशी प्रदेशमा रहेका ब्यवसायिक रेडियोहरुलाई बचाई राख्न प्रदेश सरकारको तर्फबाट आवश्यक भुमिका निर्वाह गर्न तयार रहेको पनि उल्लेख गरे ।
कार्यक्रममा बानका केन्द्रिय सल्लाहकार प्रेम बस्नेत, केन्द्रिय सदस्यहरु हिमाल राई र बाबुराम निरौला, पत्रकार महासंघ केन्द्रिय सदस्य अमक खड्का, ईटहरी उद्योग बाणीज्य संघकी उपाध्यक्ष सोभा कोईराला लगायतले अहिले पनि सञ्चारका अरु माध्यम भन्दा रेडियोको प्रभाबकारिता धेरै रहेको भन्दै पछिल्लो समय रेडियो सञ्चालन व्यवस्थापनमा चुनौती थपिएको तर्फ भने ध्यान दिइनु पर्नेमा जोड दिए । कार्यक्रममा बानका पूर्व केन्द्रिय सल्लाहकार चेतन धमलाले रेडियो सञ्चालन चुनौती र सम्भावना बिषयमा अबधारणापत्र प्रस्तुत गरेका बान कोशी प्रदेश उपाध्यक्ष अरबिन्द मेहताले जानकारी दिए ।

 

Facebook Comments Box