अलऐन/ युएईको अलऐन रहेका नेपालीहरुले यस बर्षको दशैंलाई मानवीय सेवाको रचनात्मक कार्यक्रम गरेर स्वागत गरेका छन् । दशैंको पूर्वसन्ध्यामा रक्तदान र साँस्कृतिक कार्यक्रम गरेका हुन् ।

नेपाली साँस्कृतिक चाडपर्वलाई समाजोपयोगी काम गरेर मनाउन सन्देश दिदैं रक्तदान कार्यक्रम गरिएको एनआरएनए अलएनका अध्यक्ष उज्वल दाहालले बताए ।

एनआरएनएले विगतमा पनि विविध अवसरमा उत्सव मनाउंदै आईरहेको सन्दर्भमा अलऐन क्षेत्रीय समन्वय परिषदले हिजो ( शुक्रबार) विजयादशमी (२०७६ को अवसरमा मेडियोर हस्पिटल,अलऐनमा भव्यरुपमा मनाएको हो ।
अल मेडियोर हस्पिटलको समन्वयमा युएईका अलऐनवासी नेपालीहरुबीच आत्मियता बढाउदै, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै आपसमा शुभकामना आदानप्रदान गरी यसपालिको दशै मनाउदा रमाइलो अनुभुति भएको कार्यक्रमका प्रमुख अतिथी समेत रहेका एनआरएन युएईका अध्यक्ष प्रकाश कोइरालाले बताए ।

एनआरएनए उपाध्यक्ष निराजन सिलवाल र केन्द्रिय सदस्य राजन अधिकारी लगायत करिब २ सय जना नेपालीहरुको उपस्थितीमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रवासी नेपाली मञ्च युएईका केंद्रीय सदस्य तथा अलऐन इंचार्ज लक्ष्मण अधिकारी, सचिव प्रेमराज सापकोटा, मितेरी समाज युएईका संरक्षक मोहन बुढाथोकि, वरिष्ठ उपाध्यक्ष दिब्या सुब्बा, इनासका केन्द्रीय सदस्य दुर्गा सुब्बा, अन्तर्रा्ष्ट्रिय नेपाली समाज युएईका महासचिव विनोद श्रेष्ठ र सचिव अनुराग थपलिया साथै झापाली समाज युएई, अलऐन सचिव मानबहादुर बुढाथोकीको पनि उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरे भने ६८ जनाले स्वास्थ्य लाभ लिएका एनआरएनए आरसीसी अलऐनका सहसचिव तथा कार्यक्रम उपसंयोजक दुर्गा अधिकारीले जानकारी दिए ।
त्यहाँ आयोजित साँस्कृतिक कार्यक्रममा कलाकार पुजा रेग्मी, मनमाया विश्वकर्मा र शान्तिमाया तामाङले परम्परागत नेपाली नृत्यका साथमा जुम्बा नृत्य प्रस्तुत गरेका एनआरएनए, अलऐनकी महिला विभाग प्रमुख सरस्वती वास्तोलाले बताईन।

Facebook Comments Box