दमक/ आन्तरिक राजश्व कार्यालय दमक र प्रशासनको टोलीले आज बिहिवार दमकका दुई हस्पिटलमा आकस्मिक छापा मारेको छ ।
आन्तरिक राजश्व कार्यालय दमक र इलाका प्रशासन कार्यालय दमकको संयुक्त टोलीले दमक ८ स्थित दमक हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा. लि र ॐ शान्ति डेन्टल हस्पिटल दमक ५ मा आकस्मिक छापामारेको हो ।
कर कार्यलय प्रमुख लभ कुमार अधिकारीले छापामारेको पुष्टि गर्दै कर कार्यालयको अधिकार क्षेत्र भित्र रहेर आवश्यक अनुसन्धान गर्नुपर्ने भएका कारण छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार ति दुबै स्थानबाट आवश्यक कागजात ल्याईएको छ । दमक हस्पिटल प्रा. लि स्वास्थ बीमा कार्यक्रम समेत संचालन गरिरहेको अस्पताल हो ।
सो अस्पताल स्वास्थ्य बीमा सञ्चालन गर्न पाउने मापदण्ड पुरा नभएको अस्पताल हो । कागजात मिलाएर स्वास्थ्य बीमाको कार्यक्रम चलाउँदै बिरामीहरुसँग अतिरिक्त रकम समेत लिने गरेको जनगुनासो छ ।