दमक/ झापाको कमल गाउँपालिकाले राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत समुदायलाई लक्षित गरेर क्षयरोग खोजपडताल कार्यक्रम सञ्चालन गरेको छ ।
समुदायमै पुगेर क्षयरोगका बिरामीको पहिचान गर्ने उद्धेश्यले यो कार्यक्रम शुरु गरिएको स्वास्थ्य शाखाका निरिक्षक दिपक दाहालले जानकारी दिए ।
सो अन्तर्गत मंगलबार वडा नम्बर १ र २ को समुदायलाई लक्षित गरेर कमल नगर अस्पतालका डा. रबिन्द्र शर्माको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका र कर्मचारीहरुसहितको टोलीद्धारा क्षयरोग खोजपड्ताल कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
समुदायका ५४ जनासहित अन्य सेवाग्राहीहरुको उपस्थिती रहेको कार्यक्रममा ३८ जनाको खकार संकलन गरी कमल नगर अस्पतालमा खकार जाँचका लागि लगिएको कमल १ का वडाअध्यक्ष केदार कटुवालले जानकारी दिए ।
गाउँपालिकाको आयोजनामा राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत कमल पोखरी भवनमा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

 

Facebook Comments Box