गौरादह/ गौरादहमा सञ्चालित झापा जिल्ला अन्तरपालिका मेयर कप पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा भोली शनिबार दमक नगरपालिका र गौरादह नगरपालिका भिड्ने भएका छन् ।

शुक्रबार(आज) सेमिफाईनलका खेलहरु सम्पन्न भएसंगै ति दुई टिमबीच फाइनल खेल हुने पक्कापक्की भएको खेल संयोजक हेमन्त कार्कीले जानकारी दिनु भयो ।
खेलकुद बिकास समिति गौरादहले आयोजना गरेको भलिबल खेलको पहिलो सेमिफाईनल खेलमा शुक्रबार गौरादह नगरपालिकाले कमल गाउपालिकालाई सोझो सेटमा पराजित गरेको छ ।

जनता मा.वि गौरादहको खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा गौरादहले कमललाई २५–२०, २५–१५ र २५–२२ को सेटमा पराजित गरेको हो ।  आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दमक नगरपालिकाले झापा गाउँपालिकालाई २५–२२, २५–१४ र २५–१६ को सेटमा पराजित गरेको छ ।

Facebook Comments Box