दमक/ दमकस्थित ऊँ मेची हस्पिटलमा निसन्तान दम्पतीहरुका लागि आज (शुक्रबार) सञ्चालन गरिएको बाँझोपना सम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श शिविरमा २ सय ४५ जनाले सेवा लिएका छन ।
दमक ७ स्थित सो अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमसहित स्त्री रोगको उपचार तथा प्रसुति सेवा प्रदान गर्दै आएकोमा तीन बर्ष यता निसन्तान दम्पत्तीलाई लक्षित गरेर बर्षमा एक दिन सञ्चालन गर्दै आएको बाँझोपना सम्बन्धिको निशुल्क शिविरमा सो संख्यामा लक्षित दम्पतीले सेवा लिएका हुन ।
यसअघि पहिलो पटक १५० र दोश्रो पटक करिब २ सय जनाले यो सेवा लिएकोमा यस बर्ष ह्वात्तै बढेर २४५ जना पुगेका हस्पिटलका अध्यक्ष समेत रहेका स्त्री रोग विशेषज्ञ डा. निरञ्जनसिंह बोगटीले जानकारी दिए । निसन्तानको समस्या समाजमा बढ्दो रुपमा छ भन्ने यो तथ्याङकले पनि पुष्टि गर्छ –डा. बोगटीले शिविरपछि पत्रकारहरुसँगको कुराकानीमा भनेका छन ।
परामर्शका लागि आएका सबै दम्पत्तीलाई उपचारकै खाँचो छ भन्न मिल्दैन उहाँहरुलाई उपयुक्त परामर्शको पनि जरुरी हुन सक्छ त्यसकारण हामीले आवश्यकता अनुसार परामर्श प्रदान गरेका छौं र आवश्यक हुनेलाई उपचारको प्रकृयामा पनि लग्नेछौं– अस्पतालका अर्का विशेषज्ञ डा. शंकर प्रसाद हुजदारले भने ।