दमक/लुकेर रातको समयमा तास खेलिरहेका १३ जनालाई प्रहरीले मोरङ र सुनसरीबाट नियन्त्रणमा लिएको छ ।
गएराती (मंगलवार) राती साढे ८ बजे मोरङको कटहरी गाउँपालिका–२ का सुरेश मण्डलको घरमा तास खेलिरहेका घर धनी सहित स्थानिय मुनेश्वर मरिक, दिपक मरिक, शिवेन्द्र मरिक, मोहम्बर साफी र दिरज गुप्तालाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय प्रदेश नं १ ले जनाएको छ । तासको खालबाट प्रहरीले १ बुङ तास र नगद ६८ हजार ९ सय ६० समेत बरामद गरेको छ ।
यसैगरी आज बिहान राती १ बजे ईनरुवा नगरपालिका १ स्थित नम्रता होटलामा तास खेलिरहेको भन्ने सूचना पाएसंगै जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय प्रदिप कुमार साह, रवी साह, राजकुमार साह, शम्भु कुमार साह, हसवुल मन्सुरी, राम बहादुर तामाङ र रामानन्द मण्डललाई नियन्त्रणमा लिएको जनाइएको छ । तासको खालबाट प्रहरीले ७ थान मोबायल, नेपाली रुपैयाँ ८१ हजार ५ सय ७० र भारतीय रुपैयाँ ६ हजार ६ सय ८० बरामद गरेको छ ।