दमक/ दमक बजारमा अप्राकृतिक रुपमा पकाइएका फलफुलको कारोबार भइरहेको सूचना पाएपछि स्थानीय सरकारले सम्बन्धित व्यवसायीहरुलाई सचेत गराएको छ ।
विशेष गरी अहिले बजारमा निस्किएको आँप र केरालाई लक्षित गर्दै दमक नगरपालिकाले त्यस्तो सचेत गराएको हो ।
नगरपालिकाले आज सार्वजनिक सूचना मार्फत सो बिषयमा सम्बन्धित विक्रेता तथा उत्पादक व्यवसायीहरु र आम उपभोक्ताहरुलाई सचेत गराएको हो ।
नगरपालिकाद्धारा जारी सार्वजनिक हित सम्बन्धिको सूचनामा बजारमा अपरिपक्व आँपलाई क्याल्सियम कार्वाइड तथा अन्य मानव स्वास्थ्यका लागि हानिकारक रसायनको प्रयोग गरि पकाइएका आँप , केरा ताथ अन्य फलफुलहरुको विक्री वितरण नगर्न सम्बन्धित व्यवसायीहरुलाई सचेत गराइएको छ भने प्राकृतिक रुपमा परिपक्व भएपछि मात्रै त्यस्ता फलफुलहरु बोट झारेर उपभोक्ता माझ लैजान र प्राकृतिक रुपबाट आँप पकाउँदा बेसार, प्याज र प्राकृतिक धुँवाको प्रयोग गर्न सुझाइएको छ ।
एउटा लटका सबै आँपहरु एकै प्रकारबाट उस्तै रंगमा पाकेको देखिनु, फलको बोक्रा पहेंलो हुनु तर भित्री फल राम्रोसँग पाकेको नहुनु, फलको प्राकृतिक बास्ना नहुनु, पहेंलो भएर पाकेको फलमाथि कालो धब्बाहरु देखिएमा त्यस्तो फल अप्राकृतिक ढंगबाट पकाइएको हुने पनि जारी सूचनामा उल्लेख छ ।

Facebook Comments Box