दमक/ नेपाल सरकारको स्वास्थ्य सेवामा लामो समय बिताएका दमकका परिचित ब्यक्तित्व बद्री बराल स्वास्थ्य सम्बन्धिकै निजी ब्यवसायमा लागेका छ्न । श्रीमती सुजाता पौडेल बरालसहित उनले दमकमा सन्चालन गर्दै आएको ग्लोबल मेडिल्याब तथा सर्जिकल हाउस आफ्नै भवनमा शुरु गरेका हुन ।
दमक ६ मस्जिद नजिकै बरालले आफ्नै स्वामित्वको भवनमा शुरु गरेको सो ब्यवसायको दमक उध्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको प्रमुख उपस्थितीमा शुभारम्भ गरिएको छ । सो अवसरमा संघका तृतीय उपाध्यक्ष रुबल अधिकारी, लेखा संयोजक नेत्र चम्लागाई , ब्यवसायी नेता रमेश लुइँटेल लगायत बरालका शुभचिन्तक शुभेच्छुकहरु सहभागी भएका छ्न ।
सो ब्यवसायिक फर्ममा विभिन्न कम्पनीहरुको हस्पिटलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा पाइने बताइएको छ।