दमक/ दमकका सौन्दर्य कला व्यवसायी (ब्युटीसियनहरु)का कपाल तथा अनुहारको ट्रिटमेन्ट सम्बन्धी जानकारीमुलक प्रशिक्षण (सेमिनार) आज सम्पन्न भएको छ ।
सिल्क हेयर कम्पनीसँगको सहकार्यमा न्यू पाथीभरा कस्मेटिक सेन्टरले दमकमा आयोजना गरेको सो सेमिनारमा दमक र आसपास क्षेत्रका करिब एक सय भन्दा बढी ब्युटीसियनहरुको सहभागिता थियो ।
व्यूटिसियनहरुलाई कपाल तथा अनुहारको ट्रिटमेन्टका विषयमा जानकारी दिने उद्देश्यले सेमिनार सञ्चालन गरिएको पाथीभरा कस्मेटिकका प्रोप्राइटर समेत रहेका दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टिकाराम खतिवडाले जानकारी दिए ।
स्थानीय थ्री इन्क होटलमा आयोजित सेमिनारमा सिल्क हेयरकी सञ्चालक रक्की लामा, कम्पनीका प्रतिनिधि गगन दिप लगायतले कपाल तथा अनुहारको सौदन्र्यतामा प्रयोग गरिने श्रृङगारका बस्तुको उचित प्रयोग र सिल्क हेयर कम्पन्नीबाट उत्पादित समानका विषयमा जानकारी दिएका थिए ।
सो कम्पनीका दमकस्थित आधिकारीक विक्रेताका रुपमा न्यू पाथीभरा कस्मेटिक रहेको छ । सञ्चालक टिकाराम खतिवडाले श्रृङगारका बजारमा सिल्क हेयर कम्पन्नीका उत्पादित सामाग्रीहरु सुलभसंगै स्वस्थकर र उपयोगी भएको बताए । सेमिनारले व्यूटिसियनहरुको क्षमता अभिबृद्धिका लागि सघाउँ पुरयाँउने उनको भनाई थियो । सेमिनार उदघाटनमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईँसहित स्थानीय सञ्चारकर्मीहरुको उल्लेखीय सहभागिता थियो ।