मोरङ/ मोरङको बुढिगंगा गाउँपालिका-५ मा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भागलपुरका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमा देबी मण्डल रहेका छन । बुधबार बुढिगंगा-५ स्थितमा कोठा भाडामा लिई खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा बिधुत सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घट्नास्थलमानै मृत्यु भएको हो । घटना सम्वन्धमा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।