कमल / झापाको कमल गाउँपालिकाको बजार अनुगमन समितिले चालू आर्थिक बर्षको पहिलो चरणमा गरेको बजार अनुगमनको प्रतिवेदन सार्वजनिक गरेको छ । बजार अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले

सोमबार आफ्नै कार्यकक्षमा अनुगमनमा संलग्न पालिकाका कर्मचारी तथा अनुगमन समितिका सदस्यहरुको उपस्थितीमा पत्रकार भेटघाट गरि प्रतिवेदन सार्वजनिक गरेकी हुन् ।
गत श्रावण १६ देखि २२ गते सम्म भएको अनुगमनमा आधारित सो प्रतिवेदनबारे प्रष्ट्याउँदै उपाध्यक्ष न्यौपानेले आन्तरिक राजश्व कार्यालय दमकका प्रतिनिधि समेतको सहभागितामा गरिएको अनुगमनका क्रममा सो कार्यालयले ९ वटा व्यवसायिक फर्म तथा पसलहरुलाई कारवाही स्वरुप जरिवाना गरेको बताइन् ।

५ वटा किराना पसल र २ वटा कम्पनीसहित कूल ९ वटा व्यवसायीक फर्मलाई कर कार्यालयले नियमानुसार कारवाही गरेको जनाइन् ।
ढ्याङग्री , सरङपाडा,समयगढ, सुनारा, क्याम्पा, केर्खा, जिवनचोक, दिपज्योती चोक, किराँत चोक, मंगलबारे, बाह्रघरे, रंगपुर, सितापुरी, पाडाजुँगी र आइतबारेका कूल १ सय ३९ वटा पसलहरुमा अनुगमन गरिएको र ति मध्ये १ सय २४ वटालाई आवश्यक निर्देशन गरिएको र ६६ पसलहरुबाट म्याद गुज्रेका तथा अन्य कैफियत भेटिएका सामग्रीहरु जफत गरिएको प्रतिवेदनमा उल्लेख छ ।

जफत गरिएका सामानहरु मध्ये १२ वटा नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरमा परिक्षणका लागि पठाइएको र सोको प्रतिवेदनका आधारमा आवश्यक कारवाही गरिएको संयोजक न्यौपानेले बताइन् । सो क्रममा जिवनचोकस्थित खाद्य पसल र बिषादीको पसल समेत एकै ठाउँमा राखेर सञ्चालन गरेको पाइएकोले नसियत दिइएको, दर्ता नगरिएका, उद्धेश्य भन्दा बाहिर गएर व्यवसाय सञ्चालन गर्ने ६ वटा पसललाई आन्तरिक राजश्वले जरिवाना लिएको जनाइएको छ ।

कमल ५ स्थित मिकल समिक्षा थुक्पा उद्योगले अनुज्ञापत्र मात्र लिएको तर स्वादका लागि प्रयोग गरिने स्वास्थ्यका लागि हानिकारक तथा प्रतिबन्धित सस समेत बिक्री गरिरहेको पाइएको नसियत दिइएको, डिएमफुड एण्ड सप्लायर्समा हरियो मटर रङ लगाएर तारिएको हुनाले त्यस्तो ८ बोरा मटर डिस्पोज गर्नुका साथै त्यसको उत्पादनमा रोक लगाइएको पनि पत्रकार भेटघाटमा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

 

Facebook Comments Box