दमक/ सिँचाईका लागि जडान गरिएको बिद्युतीय मोटरबाट करेन्ट प्रवाह गरेर माछमा मार्ने क्रममा झापाको गौरीगञ्जमा एक युवकको ज्यान गएको छ । वडा नं ३ हुँदै बग्ने लेरा खोलामा माछा मार्न जाँदा गौरीगंज ३ बाईसीटोलका अन्दाजी ३० वर्षिय कमलेश भनिने रामकुमार गिरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लेरा खोला छेउको कृषि मिटरबाट तार जोडेर माछा मार्न खोज्दा करेन्ट लागेर गिरी घाईते भएका र घाईते गिरीको दमकमा उपचारका क्रममा मृत्यु भएको बताईएको छ । उनी केही समय अघि मात्रै बैदेशिक रोजगारबाट घर फर्किएका बताईएको छ ।