दमक/ झापाको शिवसताक्षी ४ स्थित बोलोचोक र आसपास क्षेत्रका स्थानीयबासीहरुले सामाजिक काम गर्ने उदेश्यले गठन गरेको बोलोचोक विकास समितिले बैधानिकता पाएको छ ।
स्थानीय सामाजिक युवा व्यक्तित्व धर्मेन्द्र साहको अध्यक्षतामा गठन भएको सो संस्था यहि २० कार्तिकमा जिल्ला प्रशासन कार्यालय झापामा सामाजिक संस्थाका रुपमा दर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता रहेको सो संस्थाको दर्ता नं २६४९ रहेको छ ।
विगत ५÷६ महिना अघिदेखि स्वतस्फूर्त रुपमा स्थानीय युवाहरुले स्थानीय ठाउँको विकासमा सघाउँदै जनचेतनामुलक र सेवामुलक कार्यक्रमहरु गर्ने उदेश्यले साहको अध्यक्षतामा संस्था स्थापना गरेका हुन् । सो संस्थाको उपाध्यक्षमा राजवती ताजपुरीया, सचिवमा रुद्र ताजपुरीया, सहसचिवमा मञ्जु ताजपुरीया, कोषाध्यक्षमा पवित्रा बाँस्कोटा र सदस्यहरुमा विना कँडेल र प्रदिप राजवंशी रहनु भएको छ ।
सो संस्थाले त्यस क्षेत्रका बालबालिकाहरुलाई नियमित खेलकुदका गतिबिधिहरुसंगै विभिन्न जनचेतना र सामाजिक कामहरुमा प्रोत्साहन गर्दै आएको छ भने संस्थाको व्यवस्थापनमा जन्मदिन मनाउने जो कोहीको जन्मदिनका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।