मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्त र प्रिय व्यक्तिसँग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । अशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेट घाट नरहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् । धार्मिक यात्राको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो कार्यको प्रारम्भ हुनेछ । खानपिन र मनोरञ्जनमा अभिरुचि पनि बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
-ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल
सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राखेर तारिख लिने सुविधा दिएको छ । न्यायाधीश हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई
विराटनगरमा जारी ३८ औं विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता टोली झापा ११ फाइनलमा प्रवेश गरेको छ। बुधबार राति सहिद रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका क्रममा विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको
आजदेखि बिक्रम सम्बत २०८३ शुरु भयो । बर्ष २०८३ सबैका लागि मंगलमय बनोस् । शुभ रहोस् । नेपालीजनको मुहारमा खुशीको बहार ल्याउन सकोस् । यो
झापा/ नेपाली पात्रो अनुसार वैशाख १ गते नयाँ बर्ष । यसपटक नयाँ बिधmम सम्बत २०८३ शुरु हुँदैछ । मंगलबार (भोली) देखि शुरु हुने नयाँ वर्षको
झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्
दमक/ जीवन चक्र समाज नेपालले नयाँ बर्ष २०८३ को सन्मुख पारेर सडक दुर्घटना न्यूनिकरण सम्बन्धि अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ । गणेश गौतमको नेतृत्वमा
दमक/ होटल ब्यबसायी महासंघ नेपालको पोखरामा सम्पन्न १३ औं बार्षिक साधरणसभा तथा पाचौं महाधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । महासंघको अध्यक्षमा टिआर भण्डारी चयन
दमक/ २०४८ सालमा एसएलसी (प्रवेशिका) परीक्षा लेखेपछि लोकनाथ सिग्देललाई ब्यापार गर्ने इच्छा जगायो । हुन त त्यो बेला न यो बेला एसएलसी (एसइइ) परीक्षा दिने
दमक/ नेपाल प्रेस युनियन झापाले सरकारले निजी सञ्चार माध्यममा सरकारी बिज्ञापन प्रकाशन र प्रसारण गर्न नदिन गरेको निर्णय बिरुद्ध दमकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ