दमक/ दमक १ स्थित पुष्प– धीरेन्द्र स्मृति प्रतिष्ठानले औद्योगिक प्रशिक्षार्थी प्रि डिप्लोमा तहको इन्फरमेशन टेक्नोलोजी तालिम निशुल्क सञ्चालन गर्ने भएको छ । एसइइ सम्मको अध्ययन गरेका तर सीपको अभावमा रोजगारीमा जोडिन नसकेका युवाहरुलाई लक्षित गरेर यो तालिम सञ्चालन गर्न लागिएको हो ।

 


बहुप्राविधिक शिक्षालयका रुपमा विभिन्न विषयमा डिप्लोमा तहको अध्यापन गराउँदै आएको यो प्रतिष्ठानले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी)सँगको समन्वयमा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिमका रुपमा २४ महिने प्रि डिप्लोमा तहको इन्फरमेशन टेक्नोलोजी सम्बन्धि अध्यापन गराउन लागेको हो ।
कार्तिक ६ गतेसम्ममा आवेदन गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
३० जनाको कोटा रहेको यो बिषय अध्ययनका लागि मुख्य रुपमा आर्थिक रुपले कमजोर अवस्था भएका तथा द्वन्द पीडितहरुले प्राथमिकता पाउने प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत शंकरले जानकारी दिए ।

Facebook Comments Box