दमक/  विद्यार्थी गुणीय चक्रको अन्तराष्ट्रिय सम्मेलन International Convention on Students Quality circle भारतको लखनउस्थित सि टि मन्टेस्वरी स्कूलमा सम्पन्न भएको छ ।

२५ औँ अन्तराष्ट्रिय सो पाँच दिने सम्मेलनमा भाग लिएका दमकस्थित झापा मोडल अंग्रेजी माविका विद्यार्थीहरूले एसक्यूसि केश स्टडी उत्कृष्ट ढंगले प्रस्तुत गरेको हुँदा सम्मेलनकै प्रथम पुरस्कार ईसिकावा अवार्ड प्राप्त गर्न सफल भएका सम्मेलनमा विद्यार्थीको नेतृत्व गर्दै गएका विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीहरूले प्रस्तुत गरेको केश स्टडी विद्यार्थी लगायत आम नागरिकमा व्याप्त विद्युतीय लतसंग सम्बन्धित थियो ।
विद्यार्थीहरूले विद्यार्थी गुणीय चक्रको माध्यममबाट विद्यालयमा अहिलेको अत्यन्त संवेदनशील समस्या बिद्युतीय लत हो भन्ने छनौट गरी यो छनौट भएको समस्यालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न टुल्सहरू प्रयोग गरि तयार पारिएको केश स्टडी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरेका थिए ।
डिसेम्वर ३ तारिकदेखि ७ तारिक सम्म सम्पन्न भएको यो अन्तरर्राष्ट्रिय सम्मेलनमा विश्वका १४ देश ( अमेरिका , अस्ट्रेलिया , बेलायत , मोरिसस , श्रीलंका , थाइल्यान्ड, नेपाल आदि) का १ हजार ७०० भन्दा बढी विद्यार्थीहरूले भाग लिएका थिए । बिद्यार्थीहरुले अन्तराष्ट्रिय सम्मेलनमा निम्न विधाहरुमा भाग लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए ।
केश स्टडी
कोलाज
डिवेट कम्पिटिसन
पोष्टर एण्ड स्लोगन मेकिँग

स्ट्रिट प्ले र
क्वालिटी क्विज
जापानका ठूला बहुराष्ट्रिय उद्योगहरु (जस्तैः टोयटा, होन्डा लगायत) आफुले उत्पादन गरेका वस्तुहरुको गुणस्तर वृद्धिका लागि उत्पादनका क्रममा आइपरेका यावत समस्याहरुको पहिचान गरि सो उपर विश्लेषण गर्दै उत्पादित वस्तुहरुको गुणस्तरमा कुनै प्रकारको कमि हुन नदिन देखिएका समस्या तथा कमि कमजोरीको सामाधानका लागि अपनाइएको बैज्ञानिक पद्धति (कारण सहित ) मार्फत समस्याको हल गर्ने तौर तरिकालाइ विद्यालय र विद्यार्थीमा समेत लागू गरि शैक्षिक जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने ढृढ विश्वासका साथ डा. जगदिश गान्धीले सर्वप्रथम भारतको सिटि मन्टेश्वरी स्कुल लखनउ कम्पनीमा गुणस्तर वृद्धिका लागि अवलम्बन गरिएको तरिकालाई केही परिमार्जन गरि पहिलो पटक विद्यालय तथा विद्यार्र्थीहरुका लागि लागू गरेको एक कार्यक्रम र सिद्धान्तकै एउटा रुप क्त्तऋ हो ।
नेपालको सन्दर्भमा SQC प्रा . डा. दिनेश चापागाइँको अगुवाईमा भित्रिएको हो भने QUEST NEPAL  आधिकारिक संस्था मार्फत देशभरका विभिन्न विद्यालयहरुमा यो गतिविधि भइरहेको छ ।

Facebook Comments Box