दमक/ कमल गाउँपालिकाको वडा नं २ समयगढस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयले ५७ औं वार्षिक उत्सव महत्वपूर्ण कार्यक्रमहरुसहित मनाएको छ ।
बार्षिकोत्सवको अवसर पारेर त्यहाँ नवनिर्मित बिद्यालयको थप नयाँ भवन र संग्राहालयको उदघाटन गरिनुका साथै उत्कृष्ट शिक्षक, विद्यार्थी र अक्षयकोष दातालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्मित भवनको अध्यक्ष राईले उदघाटन गर्दै शैक्षिक सुधारका लागि स्थानीय सरकारले अधिकतम प्रयास गरिरहेको उल्लेख गरे । अध्यक्ष राईले गाउँपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि भौतिक तथा प्राविधिक क्षेत्रको बिकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।


शिक्षामा सुधार नआए सम्म अन्य क्षेत्रको मात्रै विकास निर्माण लगायतको काम प्रभावकारी रुपमा हुन नसक्ने आफ्नो निष्कर्ष सुनाउँदै उनले शैक्षिक क्षेत्रमा व्यापक सुधारका लागि आ आफ्नो ठाउँबाट योगदान दिन कमलबासीसँग आग्रह गरे । बिद्यालयहरुको स्थापना र सञ्चालनमा अग्रजहरुले दिएको योगदानको स्थानीय सरकारले उच्च मुल्याङकन गरेको पनि अध्यक्ष राईको भनाई छ ।
सो अवसरमा उच्च अदालत विराटनगरका न्यायधिश तथा पूर्व विद्यार्थी, रमा पराजुली, कमल गाउँपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख सुर्य प्रसाद न्यौपाने, अक्षयको दाताका संरक्षक, राजेन्द्र ढकाल र उमानाथ संजेल, तोपगाछी धरमपुर मैत्री समाजका अध्यक्ष यज्ञराज न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन राईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्याक बालकृष्ण संग्रौलाले वार्षिक प्रदिवेदन प्रस्तुत गर्दै स्वागत मन्तव्य राखेका थिए ।

वार्षिक उत्सवका अवसरमा विद्यालयमा कार्यरत शिक्षक मध्ये २०८० सालको एसईई परिक्षमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल शिक्षकहरु विष्णुप्रकाश निरौला, टिकादत्त गौतम, युवराज रिजाल र थिरराज पौडेललाई सम्मान गरिएको थियो ।


त्यस्तै विद्यालयमा अक्षयकोष स्थापना गर्ने अक्षयकोष दाताका संरक्षकलाई समेत सम्मान गरिएको थियो ।
सम्मानित हुने अक्षयकोष दाताका संरक्षकमा नारायण प्रसाद संजेल स्मृती छात्रवृत्ति अक्षयकोष (५लाख रुपैया, सरक्षक तोपगाछी धरमपुर मैत्री समाज ) तोपगाछी धरमपुर मैत्री समाज (४लाख) , छविरमण लक्ष्मी ढकाल अक्षयकोष स्मृती अक्षयकोष (३ लाख संरक्षक राजेन्द्र प्रसाद ढकाल) काशनिाथ तारानिधी सुवेदी स्मृति अक्षयकोष ( १ लाख ५० हजार कुवेरराज सुवेदी) भिमनाथ श्रेष्ठ स्मृती अक्षयकोष (१ लाख ५ हजार, पवित्रनाथ श्रेष्ठ),भिमबहादुर श्रेष्ठ स्मृती अक्षयकोष (१ लाख ५ हजार, भिमबहादुर श्रेष्ठ ),कर्ण कुमारी पुष्पा होन्ताके स्मृती अक्षयकोष (२ लाख ९५ हजार, पवित्रनाथ श्रेष्ठ) ,आशविर धनमाया स्मृती अक्षयकोष (१ लाख , फाग बहादुर राई) , मकरानन्द शिवकुमारी स्मृती अक्षयकोष (१ लाख १ हजार, लिलाकान्त भट्राई) ,खड्ग बहादुर बालुकादेबी कट्वालस्मृती अक्षयकोष (१ लाख २५ हजार, कण बहादुर कटवाल),बेदनाथ हस्तकुमारी पराजुली स्मृती अक्षयकोष (१ लाख १ हजार, चण्डी प्रसाद पराजुली) , हरी कार्की स्मृती अक्षयकोष (२ लाख १ हजार, २०५२ सालको एसएलसी व्याच) र पुष्पा पदमकुमारी ढकाल र छबीरमण सुमित्रा लक्ष्मिकुमारी ढकाल स्मृती अक्षयकोष (५ लाख, नन्दकुमार ढकाल ) रहेका छन् ।
अक्षयकोषबाट प्राप्त रकमको व्याजबाट विद्यालयमा अध्ययनरत चार दर्जन भन्दा बढी गरीब, जेहेन्दार,तथा सिमान्तकृत विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

Facebook Comments Box