कमल/ दमक थुलुङ्ग डेन्टलको प्राविधिक सहयोगमा  झापाको कमल गाउँपालिका वडा नं. १, देवीचौनस्थित श्री इन्द्र लोहनी स्मृति विद्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ।  आज शुक्रबार सम्पन्न भएको शिविरमा विद्यार्थी तथा अभिभावकहरूले निःशुल्क दन्त जाँच गराएका छन्।

कार्यक्रमका प्रमुख अतिथि दमक थुलुङ्ग डेन्टलकी सञ्चालिका डा. सोफिया थुलुङ्ग रहनुभएको थियो। शिविरमा करिब ३ सय जना लाभान्वित भएका छन्।   विद्यार्थी तथा अभिभावकलाई दाँतसम्बन्धी विभिन्न रोगहरूबारे जानकारी पनि प्रदान गरिएको थियो।

शिविर सफल बनाउन दमकस्थित दमक नगर इसाई समाजले समेत सहयोग प्रदान गरेको थियो। साथै, परीक्षण गराएका बिरामीहरूले दमक थुलुङ्ग डेन्टलमा उपचार गराउँदा २५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

कार्यक्रममा देवीचौन टोल विकास समितिका अध्यक्ष इन्दिरा खड्का, डा. हाङमा माखिम, निकिता घिमिरे, सरतराज राजवंशी लगायतको उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य विद्यालयकी सहायक प्रधानाध्यापक भूमिका चापागाईले राखेकी थिइन् ।  सञ्चालन अर्चना कार्कीले गरेकी थिइन् ।

शिविर समापन अवसरमा इन्द्र लोहनी स्मृति विद्यालय र दमक थुलुङ्ग डेन्टलबीच अन्तर्क्रिया कार्यक्रम समेत भएको थियो।

Facebook Comments Box