दमक/ झापा, मोरङ, सुनसरी र उदयपुरका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २३ गते अस्थायी प्रहरी चौकी अमरहाट सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–४ बाट बा –०२–०३५ प १५३४ नम्बरको स्कुटर चालक धनकुटा नगरपालिका–४ का २३ बर्षीय रोशन श्रेष्ठ र पछाडी सवार २४ बर्षीय निरज घिमिरेलाई १६ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै झापाको मेचीनगर नगरपालिका –६ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको प्रहरी टोलीले मोरङको शनिश्वरे नगरपालिका–६ का ३० बर्षीय इश्वर भुजेल र उनकी श्रीमती ३८ बर्षीया शान्ती आङ्देम्बे भुजेललाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी बिराटनगर–१५ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरको प्रहरी टोलिले सुनसरी इटहरी उप–महानगरपालिका–९ का २५ बर्षीय निशान चौधरीलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–४ का ३० बर्षीय सरोज कुमार सार्कीलाई एम्पुल १७ वटा, सिरिन्ज १ थान सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भिमबहादुर दाहालले जानकारी दिए ।