दमक/ झापा मोडल अंग्रेजी मावि दमककी राष्ट्रिय सेवा दल (एनसीसी) क्याडेट् दिया बोहोरा नेपाली सेनाद्धारा आयोजित मोडेल ब्रिफिङ कम्पीटिसनमा पहिलो स्थान ओगट्न सफल भएकी छिन् ।

यसै साता बर्दिबासको मध्य पूर्वी तालिम केन्द्रमा आयोजित राष्ट्रिय क्याडेट कोर सिनियर डिभिजनको १९ औं ब्याचमा नेपाली सेनाद्वारा आयोजित सो बिधामा उनले पहिलो स्थान हासिल गरेकी हुन् ।

रक्षामन्त्री मानवीर राईले बोहोरालाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका छन् । कोशी प्रदेशसहित तीन प्रदेशका विभिन्न १५ विद्यालयका १५० भन्दा बढी क्याडेटहरूले प्रतियोगितामा भाग लिएका थिए ।

झापा मोडलमा बिगत चार बर्षदेखि नेपाली सेनासँगको सहकार्य र समन्वयमा बिद्यार्थीहरुलाई सेवा भावको बिकास गराउने र भावी पुस्तालाई राष्ट्रसेवामा लाग्न उत्प्रेरणा जगाउने उद्धेश्यले राष्ट्रिय सेवा दल ( एनसीसी) तालिम सञ्चालन गरिँदै आएको छ ।

यसमा आवद्ध भएकै कारण यसअघि झापा मोडलकी छात्रा कृतज्ञता थापा र इन्सानी खतिवडा अन्तराष्ट्रियस्तरको युथ एक्सचेन्ज कार्यक्रममा सहभागी भइसकेका छन् । उनीहरुले सो क्रममा उच्च पदस्थ विशिष्ट व्यक्तित्वहरुसँग साक्षात्कार गरिसकेका छन् ।

बिद्यालयका प्रिन्सीपल सागर श्रेष्ठले यस किसिमका कार्यक्रमहरुबाट बिद्यार्थीहरुको क्षमता प्रस्फुटनमा समेत मद्धत पुगेको बताए ।

 

Facebook Comments Box