दमक/ १९ औं लोकतन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज झापाको दमकमा निशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । कांग्रेसको दमक वडा नम्बर ५ वडा समितिले निशुल्क आँखा जाँच शिबिर सञ्चालन गरेको हो ।
दमक ५ स्थित धनेश्वर मन्दिर परिसरमा भएको कार्यक्रममा १ सय ७६ जनाको आँखा जाँच गरिएको पार्टीका वडा सभापति चैतन्य बरालले जानकारी दिए ।
कार्यक्रममा एक सय जनालाई चस्मा लागाउनु पर्ने देखिएकोले निशुल्क चस्मा समेत वितरण गरिएको छ । बिर्ताज्योती आँखा अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालित आँखा शिबिरमा ३० जनाको थप उपचार गर्नु पर्ने देखिएकोले अस्पताल रेफर गरिएको छ ।
वडा सभापति बरालको अध्यक्षतामा भएको शिबिर उद्घाटन कार्यक्रममा कांग्रेस कोशी प्रदेश समिति सदस्य तथा दमक नगर उपप्रमुख रेगिना भट्टराई, कोशी प्रदेश समिति सदस्य चन्द्रा खड्का भट्टराई, झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र सभापति रवी केसी न्यौपाने लगायत नेता, कार्यकर्ताहरुको आतिथ्य रहेको थियो ।
१९ औं लोकतन्त्र दिवस भएकोले १९ वटा मैन वत्ती बालेर कार्यक्रमको शुभारम्भ गरिएको वडा उप सभापति सन्तोष गौतमले जानकारी दिए । सो अवसरमा सहभागीहरुलाई भिटामीन बिको क्याप्सुल समेत निशुल्क वितरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन वडा सचिव धर्म ढुंगानाले गरेका थिए ।