दमक/ महिलाका क्षेत्रमा कलमका माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै उपन्यासकार भगवती ढुंगेललाई सम्मान गरिएको छ ।
महिला चेतना सञ्जाल मेचीनगरले शनिबार आयोजना गरेको सष्ट्रा सम्मान तथा रचना बाचन कार्यक्रममा आफ्ना लेख रचनाहरुका माध्यमबाट महिलामा सशक्तिकरण ल्याउन योगदान पुरयाएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

उपन्यासकार ढुंगेलले आधा सत्य र प्रेमिल उपन्यास बजारमा ल्याईसक्नु भएको छ । सोही कार्यक्रममा बाद्यवादनहरुको संग्रह गरेर लोकबाजा संरक्षणमा जुटेका साहित्यिक व्यक्तित्व मात्रृका संग्रौलालाई पनि सम्मान गरिएको छ ।
संस्थाकी जेष्ठ सदस्य गोमा सुवेदीको सभापतित्व तथा प्राज्ञसभा सदस्य सुभद्रा अर्याल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा छिमेकी मुलुक भारतबाट आएका सष्ट्राहरुले पनि आ–आफ्नो रचना वाचन गरेका थिए ।