दमक/ भान्सामा खाना पकाउन प्रयोग गरिने ग्याँस सिलिण्डरबाट ग्याँस लिक ( चुहिएको) कारण आगलागीका घट्ना बढेका छन् ।
गत श्रावण १ गतेदेखि २० गते भित्र झापाको दमक, हल्दीबारी, कचनकवल र कन्काई नगरपालिकामा समेत चार ठाउँमा सिलिण्डर ग्याँसबाट ग्याँस लिक भएकै कारण आगलागीका घटना भएका छन् । ति घटनामा एक जनाको ज्यान जानुका साथै चार जना घाईते भएका छन् भने लाखौं मूल्य बराबरको धनमाल नोक्सान भएको छ ।
पछिल्लो समय झापाको कनकाई नगरपालिका ३ सुरङ्गामा आज (विहिबार) विहान पानी तताउने क्रममा ग्यास सिलिन्डर लिक भए आगलागी हुदा एकजना जलेर घाईते भएकी छन ।
सुरुङ्गा तल्लो बजार क्याम्पस रोड स्थित धुर्व श्रेष्ठको घरमा डेरा गरी बस्ने बर्ष ८१ की बाटुलिमाया दाहालको कोठामा आज (विहिबार) विहान ६ः३० बजे ग्यास सिलिण्डरबाट ग्यास लिक भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागिमा परेर दाहाल जलेर सख्त घाइते भएकी छिन । उनको शरिरको ३० प्रतिशत भाग जलेको छ । उनलाई कनकाई नगर अस्पतालमा प्रथमिक उपचार पछि थप उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएको छ ।
गत श्रावण ६ गते झापाको हल्दीबारीमा यस्तै प्रकृतिको घटनामा एक जनाको ज्यान जानका साथै तीन जना घाईते भएका थिए भने श्रावण ५ गते कचनकवल ६ बनियानीका रतन राजवंशीको घरमा पनि सिलिण्डर ग्याँसबाट पनि आगलागीको घटना भएको थियो ।
त्यसअघि दमक ६ स्थित भृकुटी चोकमा पनि दिलमाया लावोतीले सञ्चालन गर्दै आएको एक होटलमा पनि सिलिण्डर ग्याँसबाट ग्याँस लिक भएर आगलागी हुँदा लाखौं मुल्य बराबरको नोक्सान भएको थियो ।