दमक/झापा दमक– १ स्थित चुलाचुली अंग्रेजी माविको कक्षा ५ मा अध्ययनरत प्रनिसा नेपालले नोबेल अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा दुई वटक पदक जित्न सफल भएकी छिन् ।

यसै साता सम्पन्न सो प्रतियोगितामा उनले एक रजत र एक काँस्य पदक जित्न सफल भएकी हुन् । उनले ३५ केजी तौल समुहबाट सहभागी हुँदै ति पदक जितेकी हुन् । अन्तराष्ट्रियस्तरको सो प्रतियोगितामा नेपालले जम्मा १९ स्वर्ण, २३ रजत र २५ कांस्य गरी कुल ६७ पदक जितेको थियो । उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कांस्य गरी कुल १५ पदक जित्यो ।
नोबेल अस्पताल बिराटनगरको प्रायोजनमा बेलबारी नगर सितोरियो कराँते सङ्घले मोरङ जिल्लामै पहिलो पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा ८५ स्वर्ण, ८५ रजत र १७० कांस्य पदकका लागि ६ देशका ५२ टिमबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तानका ६ सय ५० खेलाडी सहभागी थिए ।
विजेता टिम तथा खेलाडीहरूलाई नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपाने, प्रतियोगिता आयोजक समिति अध्यक्ष सञ्जय सुवेदी, प्रमुख प्रशिक्षक कुन्ती गुरुङ लगायतले पुरस्कार प्रदान गरे । शनिबार प्रतियोगिताको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्नुभएको थियो ।