दमक/ झापाको दमकमा गत बर्ष माघमा सञ्चालित प्रदेशस्तरीय बृहत बाल महोत्सवमा सहभागी बाल प्रतिभाहरुलाई बाल महोत्सव मुल आयोजक समितिले पुस्तकका रुपमा प्रकाशन गरेको छ ।

बाल महोत्सव २०७५को स्मारिकाका रुपमा प्रकाशन गरिएको सो पुस्तकको आज प्रदेश सभा सदस्य अर्जुन राई, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख एवम् महोत्सव आयोजक मुलक समिति संयोजक गीता अधिकारीले संयुक्त रुपमा विमोचान गर्नुभएको छ ।
सो स्मारिका प्रकाशन गर्न शिव रेग्मी प्रणत संयोजक रहेको प्रकाशन समिति गठन गरिएको थियो । समितिले लामो समयको मेहेनत पछि प्रकाशनमा ल्याएको सो स्मारिकमा बाल महोत्सव सञ्चालन अवधि भरका विभिन्न रोचक र आकर्षक झलकहरुसहित विभिन्न विधामा उत्कृष्ट बाल प्रतिभाका रुपमा ठहर गरिएका बाल साहित्यीक रचनाहरु, प्रेरणादायी चित्रहरुलाई जस्ताको तस्तै उतारिएको छ ।

 

सो स्मारिका बालबालिकाहरुको क्षेत्रमा दमकका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि ऐतिहासिक दस्तावेज एवम अभिलेखका रुपमा राख्न नगरपालिकाबाट भएको सो प्रयासको वक्ताहरुले प्रशंसा गरेका छन् ।
विमोचन कार्यक्रममा प्रमुख अतिथी सांसद राई, नगर प्रमुख ओली, दमक बहुमुखी क्याम्पसका प्राध्यापक एवम् लेखक धनञ्जय बाँस्कोटा, नगर बाल सञ्जाल दमकका अध्यक्ष मणिकुमार बुढाथोकी लगायतले मन्तन्य राख्नु भएको थियो । महोत्सव आयोजक मुल समिति संयोजक अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा बाल महोत्सव सञ्चालन तथा स्मारिका प्रकाशनमा विशेष सहयोग पुरयाउने विभिन्न व्यक्तित्वहरुलाई प्रशंसा एवम् सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिनेश न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन नगरपालिकाका समाजकल्याण शाखा प्रमुख डम्बर बरालले गर्नुभएको थियो ।

Facebook Comments Box