दमक/लायन्स क्लबहरुले यतिबेला विभिन्न कार्यक्रमहरु गर्दै डिजी सर्भिस विक (सप्ताह) मनाईरहेका छन् । लायन्स क्लब इन्टरनेशनल ३२५ एवान अन्तर्गतका क्लबहरुले डिस्ट्रीक्ट गभर्नर ( डीजि) सप्ताह मनाईरहेका हुन् ।


सो अन्तर्गत कमल गाउँपालिका वडा नं ५ स्थित मंगलमया माविमा दमक र लखनपुरमा क्रियाशील ३ वटा लायन्स क्लबहरुले संयुक्त रुपमा डीजि सप्ताह मनाएका छन् ।
लायन्स क्लब लखनपुर, सेविका र स्वीट सिटीले संयुक्त रुपमा त्यहाँका बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुदका सामग्रीहरु प्रदान गरेर सप्ताह मनाएका लायन्स क्लब लखनपुरका अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिनु भयो ।

क्लबले भलिबल, फुटबल, नेट आदि खेलकुद सामाग्री प्रदान गर्नुका साथै सुस्त श्रवण भएका बालबालिकाहरुलाई कापी, कलम आदि प्रदान गरेको थियो । सप्ताह अन्तर्गत यस अघि वृक्षारोपण, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिसकिएको बताइएको छ ।


त्यसैगरी सप्ताह अन्तर्गत लायन्स क्लब अफ दमक इष्टर्न लायनले पनि अपाङगता भएकाहरुलाई पानी वितरण गरेको छ । लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्सले दमक अपाङ्ग सहयोग समितिले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा निशुल्क पिउने पानी बितरण गरेको हो । डिजी सर्भिस सप्ताहलाइ लक्षित गरी गरिएको कार्यक्रममा ५० कार्टुन बढी पिउने पानी बितरण गरीएको लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका अध्यक्ष तुलसीराम तिम्सिनाले जानकारी दिनु भयो ।
डिजी सर्भिस सप्ताह २०१९ अन्तर्गत पहिलो दिन आइतबार डिसेम्बर १ का दिन विश्व एच आइ भी एड्स दिवसको अवसरमा एच आइ भी एड्सका बिषयमा जनचेतना मुलक कार्यक्रम र दमक चौकमा रक्तदान कार्यक्रम गरिएको थियो ।

Facebook Comments Box