दमक/यही माघ २९ देखि फागुन २ गते सम्म पोखरामा हुने धर्तीका ताराहरुको मिलन कार्यक्रम अन्तर्गत विभिन्न विधामा हुने प्रतियोगितामा सहभागि हुन दमकको झापा मोडल अंग्रेजी माविका १६ जना विद्यार्थीहरु त्यस तर्फ गएका छन् ।

कक्षा ५, ६ र ७ का ९ छात्रा र ७ छात्राहरुलाई लिएर सहभागिताका लागि प्रिन्सिपल सागर श्रेष्ठ, कोअर्डिनेटर कमलेश्वर राजवंशी र मञ्जु चेम्जोङसहितको टोली दमकबाट मंगलबार साँझ त्यस तर्फ हिंडेको हो । सो कार्यक्रम अन्तर्गत त्यहाँ सात वटै प्रदेशका विद्यालयहरुबाट विद्यार्थीहरु सहभागि हुनेछन् ।
जुनियर सिटिजन्स एकाडेमी पोखरमा हुने सो कार्यक्रम अन्तर्गत विद्यार्थीहरुबीच क्वालिटी क्वीज, क्वाड च्याम्पस, डिजाइन च्यालेन्ज, फुटसल, साँस्कृतिक प्रस्तुति लगायतका विधामा प्रतिस्पर्धा हुनेछ ।
देशभरका विद्यार्थीहरुबीच एक अर्का ठाउँको परिवेश र संस्कृतिका बिषयमा ज्ञान आदनप्रदान गराउने, होमस्टेको अवधारणा विकास गर्ने, विद्यालयमा भएका उत्कृष्ट कार्यका प्रयासहरुको प्रस्तुति गर्न समेत सो कार्यक्रमले विद्यार्थीहरुमा टेवा पुरयाउने अपेक्षा गरिएको छ ।