दमक/होटल व्यवसायी संघ झापा माइपश्चीम क्षेत्रीय समिति दमकको आयोजनामा दमकमा सञ्चालित छैठौं फुड फेस्टिबल हिजो आइतबार साँझ सम्पन्न भएको छ ।


गत फागुन ७ गतेदेखि पर्यटन बोर्ड र दमक नगरपालिकाको समेत सहयोग तथा दमक उद्योग वाणिज्य संघको संरक्षकत्वमा दमक बसपार्क परिसरमा सञ्चालित फेस्टिबलमा विभिन्न जातजाती विशेष परम्परागत खानेकुराका परिकारहरु विशेष आकर्षणका रुपमा रहेका थिए । निशुल्क प्रवेश गरी फेस्टीबल अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको थियो । फेस्टीबलको उद्घाटन दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले गर्नुभएको थियो ।


पाँचदिन सम्म सञ्चालन भएको फुड फेस्टीबलमा ४२ वटा स्टल रहेका थिए भने फेस्टीबल अवधिभर करिब ५० लाख रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरिएको आयोजक होटल व्यवसायी संघका अध्यक्ष राजन दंगालले जानकारी दिनु भयो । फेस्टीबलको विस्तृत आय व्यय केही दिनमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने यफेस्टीबल समापनका अवसरमा पत्रकारिताका माध्यमबाट व्यवसाय तथा पर्यटन क्षेत्रमा योगदान पुरयाएवापत निष्कर्ष न्यूजका कार्यकारी सम्पादक विष्णु पौडेललाई पुरस्कृत गरिएको थियो ।


संघका अध्यक्ष राजन दंगाल, फेस्टीबल संयोजक सुधिर प्रधान, उपाध्यक्ष कुमार गौतम, सचिव मदन ढकाल लगायत संघका पदाधिकारी तथा सदस्यहरुले संयुक्त रुपमा नगद ५ हजार ५ रुपैयाँ राशीको पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा फेस्टीबल सञ्चालनका लागि योगदान पुरयाउने तथा स्टल सञ्चालन गर्ने विभिन्न व्यवसायिक फर्म, प्रतिष्ठान तथा संघ संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Facebook Comments Box