विष्णु पौडेल
दमक/ झापा दमक ५ सगरमाथा टोलका ६६ बर्षिय धर्मानन्द खनाल र ५८ बर्षिया प्रेमकुमारी खनालले ८ बर्ष अघि २६ बर्षको कान्छो छोरा आशिषलाई पुर्नजन्म दिए ।
भविष्यको लागि आशा गरिएका छोरा आशिषका दुवै मिर्गौला फेल भएका कारण उपचारका लागि भए भरको सबै जायजेथा सकियो । आमा प्रेमकुमारीले त एउटा मिर्गौलानै दिनु भयो ।

विरामी आशिष स्वस्थ्य रहँदा पत्नी जोश्ना र छोरा विरकका साथमा ।
सन्तानको मायामा आफ्नो शरिरको मिर्गौलानै परित्याग गर्नुभएकी प्रेमकुमारी अहिले ६० बर्षको हाराहारीमा हुनुहुन्छ तर मिर्गौला दिएको ८ बर्षपछि छोरा आशिष फेरी उसैगरी ओछ्यान परेका छन् । गएको मसिंरदेखि उनको प्रत्यारोपण गरिएको मिर्गौलामा पनि समस्या आएको छ । पत्नी जोश्नाको साथ ५ बर्षीय छोराको अगाध माया पाएका छन आशिषले । आमाले त जिवनकै माया नगरी मिर्गौला दिईसक्नु भएको छ ।
बुबाको शारिरीक अवस्था त्यति बलियो छैन । आमा, श्रीमति र परिवारका अन्य सदस्यहरुको साथ सहयोगले आशिषको जिवन बाँच्ने आशा मरेको छैन । उनी पत्नी जोश्ना र छोरा बिरकका साथमा एक पटक प्रत्यारोपण गरिएको मिर्गौला पनि फेरी समस्या आएपछि उपचारका लागि काठमाडौंको सामाखुशीमा छन् । एउटा मिर्गौला पूर्ण रुपमा निष्क्रिय भएपनि आमा प्रेमकुमारीले दिनु भएको एउटा मिर्गौलाका कारण उनको पुनर्जिवन चल्दै थियो । तर यहि क्रममा फेरी अर्को मिर्गौलामा आएको समस्या कसरी समाधान गर्ने भन्ने पिरलो छ खनाल परिवारमा ।

उपचारका क्रममा अस्पतालमा आशिष
दमकबाट खनाल परिवार आफ्नै बलबुँता र आफन्तहरुको साथ सहयोगमा काठमाडौं गएको केहि महिना भयो । दैनिक ४/५ सय रुपैयाँको औषधी सेवन गर्नुपर्ने, हप्तामा दुई पटक ३/३ हजार रुपैयाँ खर्चिएर डायलोसिस गर्नुपर्ने सुझाव दिएका छन चिकित्सकहरुले ।
आशिषकी बहिनी कल्पना भन्छिन–पहिले पनि औषधी गर्दा १४/१५ लाख रुपैयाँ सकियो , त्यतिबेला आफ्नै घर खेत बेचेर पनि गरियो फेरी विरामी भएपछि अब उपचारमा सहयोगका लागि सबैसंग गुहार माग्नुको विकल्प छैन । दाजुको मात्रै नभएर भाउजु र सानो भाईका लागि पनि दाजुलाई बचाउन चाहन्छौं–बहिनी कल्पनाले भनिन् । उनले मिले सम्म दाजुलाई परिवारबाट अझै मिर्गौला दिएर भएपनि बचाउन चाहेको भन्दै नियमित उपचार र मिर्गौला प्रत्यारोपणका लागि सहयोग गरिदिन सार्वजनिक अपिल गरिन् । खनाल परिवारको पुरानो थाक थलो इलामको मंगलबारे हो ।
आशिषले त्यहीँको सूर्योदय शिक्षा निकेतनमा अध्ययन गरेका थिए । उनको उपचारका लागि सहयोग गर्न चाहने जो कोहीले विरामी आशिषसंग सोझै ९८६१२२३४८८ वा दमकमा बहिनी कल्पनालाई ९८१३७९०६१० मा सम्पर्क गर्न सकिने वा बुबा धर्मानन्द खनालको प्रभु बैंक दमक शाखामा रहेको खाता नं ०१४०१०००३६००७०००००१ मा सोझै सहयोग रकम जम्मा गर्न सकिने पनि पारिवारिक श्रोतले जनाएको छ ।