दमक/ झापाको दमकमै मिर्गौलाका विरामीलाई डाइलोसिस सेवा प्रदान गर्ने बिषयमा अन्तराष्ट्रिय सञ्जाल भएको रोटरी क्लब र दमकको लाइफलाइन अस्पतालबीच सम्झौता भएको छ ।

सो सम्झौतासंगै दुई महिना भित्रमा नियमित डाइलोसिस सेवा प्रदान गर्ने गरि आवश्यक तयारी शुरु भएको छ ।
अस्पतालले दमक रोटरी डाईलोसिस सेन्टर सेवा शुरु गर्नका लागि आज रोटरी र रोटरीवीच सो परियोजनाका बारेमा सम्झौता भएको रोटरी क्लब अफ दमकका सो परियोजना सम्बन्धिका समन्वयकर्ता सागर श्रेष्ठले जानकारी दिनु भयो । अस्पतालका अध्यक्ष डा. तिलकचन्द्र साहका अनुसार चार शैयाबाट डाइलोसिस सेवा सञ्चालन हुने छ । विर्तामोड र भद्रपुरमा डाइलोसिस सेवा भएपनि दमकमा पहिलो पटक यस किसिमको सेवा सञ्चालन हुन लागेको बताइएको छ । अस्पतालमा आज विहान आयोजित सो परियोजनाका बारे दुईपक्षीय संझौतामा रोटरीका अध्यक्ष सन्दिप चापागाई र अस्पतालका तर्फवाट अध्यक्ष साहले हस्ताक्षर गर्नुभयो ।
दुवै पक्षका अधिकारीले डाइलोसिस सेवा सर्वसुलभसंगै गुणस्तरिय दिन साझा प्रतिवद्धता जनाउनुभएको थियो । परियोजनाका मुख्य सहयोगी संस्था रोटरीको ग्लोवल फण्डवाट स्वास्थ्य सेवा लक्षित यस कार्यक्रममा सहयोग उपलव्ध गराएको अध्यक्ष चापागाईले वताउनुभयो ।
८० लाखको लगानीमा डाइलोसिस सेवा विस्तार गर्न लागिएको उहाँले वताउनुभयो । त्यसमा ७५ प्रतिशत रोटरी र २५ प्रतिशत अस्पतालको लगानी छ ।
त्यस अवसरमा अस्पतालका अध्यक्ष डा. साहले मिर्गौलाका विरामीहरुका लागि डाइलोसिस सेवा सञ्चालन गर्न प्राविधिक जनशक्तिको व्यवस्थापन गरिसकेको बताउनुभयो ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले मिगौला विग्रीएर सहजै उपचार गर्न नपाएका विरामीले यस अस्पतालबाट अव नियमित सेवा पाउनु सुखद भएको वताउनुभयो । यस क्षेत्रका मिगौला रोगीले आफनै ठाँउमा नियमित डाईलोसिस सेवा पाउनका लागि आवश्यकता अनुसार स्थानीय सरकारले समेत सहयोग पुरयाँउने प्रमुख ओलीले वताउनुभयो ।
कार्यक्रममा दमक रोटरीका निवर्तमान अध्यक्ष मोहन ढकाल, रोटरीको परियोजना समन्वयकर्ता सागर श्रेष्ठले दमकमा नै मिगौलाका विरामीहरुले सर्वसुलभ डाइलोसिस गर्न पाउन भन्ने उद्देश्यले यस परियोजनामा सहयोग पुरयाँएको बताउनु भयो ।
सो अवसरमा दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ, अस्पतालका सञ्चालक तथा दमक ७ का वडाध्यक्ष भीम पौडेल, रोटरीका सदस्य डा.सुर्यनारायण शाह, सञ्चालक विक्रम शाह लगायतका चिकित्सक, रोटरीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box