दमक/  प्रदेश १ का विभिन्न जिल्लामा भएका घटनामा परेर नाबालिकासहित पाँच जनाको मृत्यु भएको छ । मोरङ बुढिगंगा २ का अन्जन चौधरीकी अढाई बर्र्षीया छोरी भावना चौधरीको डुबेर मृत्यु भएको हो ।
आज बिहान साढे ९ बजे मोरङ सुनसरी सिँचाई योजना नहर नजिकै खेल्ने क्रममा एक्कासी लडेर नहरमा डुबेकी भावनालाई आफन्तले उपचारार्थ बिराट मेडिकल कलेज लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
परीक्षार्थीको मृत्यु
त्यसैगरी ताप्लेजुङ मौवाखोला ४ का २० बर्षीय सविन शेर्पाको धनकुटामा मृत्यु भएको छ । लोकसेवा परिक्षाको लागि हिजो धनकुटा ७ स्थित एक होटलमा बसेका शेर्पा आज बिहान साढे ८ बजे कोठामै अचानक ढलेर बेहोस भएका थिए । साथीहरुले उपचारार्थ जिल्ला अस्पताल धनकुटा लगेपनि उपचारकै क्रममा उनको बिहान साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
चटयाङले लियो ज्यान
त्यस्तै संखुवासभा मकालु ५ मुढेलामा का ५७ बर्षीय निमा शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । हिजो साझँ साढे ६ बजे आफ्नै घरको आगनमा रहेका शेर्पालाई बर्षा, हावाहुरीसँगै आएको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
लडेर मृत्यु
ओखलढुङगा खिजिदेम्बा ४ खिजिकाती बस्ने ६० बर्षीय चेक प्रसाद भट्टराईको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे घर नजिकै घाँस काट्न जादै गर्दा एक्कासी भिरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।
यसै गरी भारत पुरनिया दुस्मार ५ का ५३ बर्षीय मो. हसनको लडेर मृत्यु भएको छ । ओखलढुङगा लिखु ६ गाम्नाङटारमा रहेको ग्रामोदय माध्यमिक बिद्यालयको निर्माणाधिन भवनमा काम गर्दै आएका भारतीय नागरिक हसन हिजो अपरान्ह साढे ४ बजे ट्वाईलेटमा लडेर घाईते भएका थिए उनको उपचारको क्रममा सामुदायिक अस्पताल मन्थली रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

Facebook Comments Box