यही क्षेत्रका नागरिकहरु दमकमा अत्यावश्यक सेवा सुविधा उपलब्ध गराउने कुरामा ध्यान नदिँदा अर्बौका विकासे परियोजनाहरुको स्वादमा रमाउन सकिरहेका छैनन् ।
देशभरमै सबैभन्दा धेरै विकासे परियोजनाहरु थुपारिएको नगरका रुपमा दमकको प्रचार भइरहेको छ । यहाँ विकासे परियोजना नभएका पनि होइनन् । यहाँ भौतिक पूर्वाधारको विकास अझ भनौं व्यवसायिक प्रयोजनमा उपयोगी हुने प्रकृतिका विकासे योजनाहरुको चाङ नै छ ।
तर दमककै सर्वसाधारण नागरिकहरु भने जटिल किसिमका रोगहरुको उपचारका लागि काठमाडौं वा भारतका शहरहरुमा धाउन बाध्य छन् ।

विष्णु पौडेल
दमक/एक बर्ष अघि दमकसंगै जोडिएको झापा कमल गाउँपालिका वडा नं ६ की १९ बर्षिय कुलमाया बस्नेतको आगोमा जलेर मृत्यु भयो । उनलाई धरान सम्म उपचारका लागि पुरयाइएपनि त्यति टाढा सम्म अस्पतालमै बसेर स्याहार सुसार गर्ने र उपचारका लागि चाहिने पैसाको अभावमा घर फर्काउनु परेको थियो । दमकमा आगोले जलेको उपचार हुने विशेष अस्पताल वा उपचार युनिट नहुँदा असमयमै ति युवतीले ज्यान गुमाउनु परेको थियो ।
गाउँलेहरु र सहयोगी दाताहरुको प्रयासका बाबजुद दमकमा उनको उपचार हुँदा हुँदै उनले दुई÷तीन सातामै ज्यान गुमाउनु पर्यो ।
गत मसिंरदेखि दमक ५ का ३४ बर्षिय आशिष खनाल मिर्गौलाको नियमित डायलोसिस र थप उपचारका लागि काठमाडौंको सामाखुशीमा बसेर अस्पताल धाईरहेका छन् । खनालको आठ बर्ष अघि प्रत्यारोपण गरिएको मिर्गौला फेरी समस्या आएपछि अहिले काठमाडौंमा बसेर नियमित डायलोसिस गराईरहेका छन् ।
पहिलो पटकको उपचारमै भए भरको जेथा सकिएपछि थाप्लोमा ऋणको भारी ब्यहोर्दै डेरा बसेर भएपनि उपचार पाउने आशामा खनाल पत्नी जोश्ना र ५ बर्षिय नाबालक छोरा विरकका साथमा ३/४ महिना अघिदेखि काठमाडौं रहनु परेको हो ।
दमक नगरपालिका, कमल गाउँपालिका , गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको आंशिक भुभाग झापाको निर्वाचन क्षेत्र नं ५ मा पर्छ । प्रधानमन्त्री केपी शर्मा ओली यही क्षेत्रका मतदाताबाट विजयी भएर गएका हुन् । प्रधानमन्त्रीको क्षेत्र अन्तर्गतको ठुलो नगर दमकमा सरकारले अर्बौका विकासे परियोजनाहरु थुपरेको छ ।
दमकबाहिर प्रधानमन्त्री ओली निर्वाचित क्षेत्रकै मतादताले विकासे योजनाहरु दमक केन्द्रित गरेको गुनासो मात्रै गरिरहेका छैनन यही क्षेत्रका नागरिकहरु दमकमा अत्यावश्यक सेवा सुविधा उपलब्ध गराउने कुरामा ध्यान नदिँदा अर्बौका विकासे परियोजनाहरुको स्वादमा रमाउन सकिरहेका छैनन् ।
देशभरमै सबैभन्दा धेरै विकासे परियोजनाहरु थुपारिएको नगरका रुपमा दमकको प्रचार भइरहेको छ । यहाँ विकासे परियोजना नभएका पनि होइनन् । यहाँ भौतिक पूर्वाधारको विकास अझ भनौं व्यवसायिक प्रयोजनमा उपयोगी हुने प्रकृतिका विकासे योजनाहरुको चाङ नै छ ।
तर दमककै सर्वसाधारण नागरिकहरु भने जटिल किसिमका रोगहरुको उपचारका लागि काठमाडौं वा भारतका शहरहरुमा धाउन बाध्य छन् ।
मिर्गौलाको डायलोसिस सेवा होस वा नशाका विरामी, क्यान्सर पीडितहरुका लागि आवश्यक पर्ने विभिन्न किसिमका अत्याधुनिक थेरापी उपकरणहरुको अभाव, शरिर जलेको उपचार गर्ने थलोको अभावमा यहाँका सर्वसाधारण विरामीले अन्यत्र जानुपर्ने बाध्यता छ ।
आवश्यकतामा आधारित विकासको सोच राज्यका नीति निर्माण तहमा बस्नेहरुले नराखिदिँदा जनताका लागि नागरिकको सरकार हो कि अरु व्यापारमुखी सरकार हो ? छुट्याउन गाह्रो परिरहेको छ ।
दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनु भएका दमक ५ का युवा व्यवसायी राजु खड्का सरकारको ध्यान विकासमा केन्द्रित भएपनि दमकका लागि आवश्यक के हो ? भन्नेमा ध्यान नदिँदाको परिणाम विकासको अनुभूति गर्न नपाएको उनको बुझाई छ ।
समाजवादी पार्टी झापाका अध्यक्ष समेत रहेका कमल ६ का दिपेनवाला राई सरकारका मान्छेहरु विकासका नाममा व्यापारमा तल्लिन हुँदा आम नागरिकको आवश्यकताको सम्बोधन हुन नसकेको विश्लेषण गर्छन ।
राई भन्छन– दमकका परियोजनाहरुमा देश विदेशको लगानीको अंक सुन्दा सरकार विकासका नाममा व्यापारलाई प्रोत्साहन गरिरहेको छ । नागरिकहरुको न्यूनतम आवश्यकता खाना, नाना र छानाको बन्दोबस्ती नगरि सरकारको लगानीको प्राथमिकता भ्यू टावरमा सिनेमा हल, व्यापारिक कम्प्लेक्सहरु बनाउने कुरामा केन्द्रित हुनु जायज नभएको कतिपय मानिसहरुको बुझाई छ ।
निजी क्षेत्रले देख्यो सरकारले देखेन
दमकमा मिर्गौलाका विरामीहरुलाई आवश्यक पर्ने नियमित डायलोसिस सेवाको आवश्यकता सरकारले नगरेपनि यहाँ क्रियाशील सामाजिक संस्था र निजी क्षेत्रको लगानी रहेका अस्पतालले भने गरेका छन् ।
केही दिन अघि रोटरी क्लब दमक र लाइफलाइन अस्पतालबीच यहाँ मिर्गौलाको डायलोसिसका लागि अत्याधुनिक उपकरण जडान गरेर सेवा प्रदान गर्ने बिषयमा यि दुई संस्थाका बीचमा सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालको समेत लागत सहभागितामा करिब ८० लाखको लागतमा यहाँ रोटरी डायलोसिस सेन्टर स्थापना गरिने सो परियोजनाका समन्वयकर्ता रोटरी क्लबका सागर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अस्पतालले आगामी वैशाखदेखिनै सो सेवाका लागि आवश्यक पर्ने अन्य पूर्वाधारहरुको तयारी पूरा गरेर डायलोसिस सेवा शुरु गर्दैछ । सो सेवाबाट दमकसहित झापाको पश्चिमी क्षेत्र, पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम र मोरङको पूर्वी क्षेत्रका विरामीहरु लाभान्वित हुनेछन् ।

Facebook Comments Box