दमक/ विद्युत चुहावटका कारण झापाको दमक चौकका २ पसलमा बुधबार मध्यरातमा भएको आगोलागीबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छ । आगलागीका कारण करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको पीडितहरुले बताएका छन् ।

दमक ५ स्थित लतादेवी अग्रवालको स्वामित्वमा रहेको दन्तकाली ट्रेडर्स ( मोवाइल पसल) मा मात्रै करिब ४० लाख रुपैयाँ बराबरका मोवाइल तथा विभिन्न उपकरणसहितको भौतिक क्षति भएको हो । त्यसैगरी अनिल साहको अमृत किराना पसलमा सर सामान जल्दा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको पीडित मध्येका दन्तकाली ट्रेडर्सका राज अग्रवालले बताए ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार स्थानीय सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुदै आएको ति दुवै पसलमा आगलागी भएको थियो । बाट अचानक निस्किएको आगोले संगै रहेको राज अग्रवालको मोवाईल पसलमा समेत क्षति पुगेको छ । आगो करिव २ घण्टामा दमक नगरपालिकाको दुई वटा बारुणयन्त्रको सहयोगमा स्थानीय र प्रहरीको प्रयासबाट नियन्त्रणमा निभाइएको थियो ।

Facebook Comments Box