दमक/ नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै कुल संक्रमितको संख्या ८ हजार ६ सय नाघेको हो । आज थपिएकामा झापाको गौरीगञ्जका एकसहित प्रदेश एकका ११ जना छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले केहीबेर अघि सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३३१ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। । कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ ।