गौरीगञ्ज/  झापाको गौरीगञ्जका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै गौरीगञ्जमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २२ पुगेको छ । ति मध्ये १८ जना उपचारपछि घर फर्किएका गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र मिश्रले जानकारी दिनु भयो । आज संक्रमण पुष्टि हुनेमा वडा नं ६ का २ र वडा नं ५ का एक जना छन् ।

उनीहरु सबै भारतबाट घर फर्किएका नेपाली हुन् । उनीहरुको थप उपचारका लागि गोठगाउँ पठाइएको संयोजक मिश्रले जनाउनु भयो ।

Facebook Comments Box