इटहरी/ आफनै घरमा मृत फेला परेकी सुनसरीको बराहक्षेत्र १ कटहरेकी १२ बर्षिया एक बालिकाको हत्या भएको पुष्टि भएको छ ।
हिजो राती २ बजे राती १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन । छिमेकीको घरमा धामी झाँक्रीकोमा गएर विहानको २ बजे राती घर फर्केका परिवारले ढोका खोलेर भित्र पस्दा उनलाई मृत देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी टोलीले बालिकाको शव शंकास्पद देखेपछि संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सुक्ष्म अनुसन्धान शुरु गरेको थियो । ति बालिकाको हत्या सोही ठाउँका १५ बर्षीय एक बालकले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घरमा बालिका मात्र एक्लै रहेको अवस्थामा राती १० बजे तिर १५ बर्षीय बालक चटपटे खान भनेर गएका र उनीहरुबीच बादविबाद हुदा ति बालकले मिनालाइ सिँसाको बोत्तलले टाउँकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरेको खुलेको छ । हत्या गरेपछि ति बालक आफ्नै घरमा गएर सुतेको उनीमाथि गरिएको सोधपुछका क्रममा खुल्न आएकोले सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Facebook Comments