दमक/ दमकमा सञ्चालित सरकारी स्वामित्वको दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा जनस्तरबाट विभिन्न अत्याधुनिक उपकरणहरु सहयोग जुटने क्रमले निरन्तरता पाएको छ । त्यहाँको आवश्यकतालाई मध्यनजर दाताहरुबाट सहयोग आउने क्रमले निरन्तरता पाएको बताइएको छ । विभिन्न किसिमका उपयोगी सामाग्रीहरु प्रदान गरेपछि सो उपचार केन्द्र सुविधायुक्त बन्दै गएको छ ।


आज ( सोमबार) दमकका लागि दमकेली ग्रुपले करिब सात ७ लाख रुपैयाँ मुल्य पर्ने सामान प्रदान गरेको छ ।  सो ग्रुपमा स्वदेश तथा विदेशमा रहेका दमकका युवाहरु छन । उनीहरुले चार दिनमै सो रकम जम्मा गरेर उदाहरणीय सहयोग गरेका हुन ।
ग्रुपका ४४ कूल जनाले ६ लाख ५१ हजार रुपैयाँ संकलन गरेर प्रयोगशाला ( ल्याब) मा प्रयोग हुने ब्लड एनालाइजर पोर्टेवल मेसिन खरिद गरेर कोभिड उपचार केन्द्रलाई हस्तान्तरण गरेका छन ।  यो रकम चार दिनमा संकलन गरिएको हो । दाताहरु कसैले पनि आफनो नाम सार्वजनिक नगर्ने शर्तमा मात्रै सहयोग गरेका बताइएको छ ।

फेसबुकमा बनाइएको दाताहरुका ग्रुप प्रतिनिधिले नाम समेत गोप्य राखेर सो मेसिन नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीसहितको रोहबरमा नगरपालिकाका प्रमुख रोमनाथ ओली , कोभिड उपचार केन्द्रकी संयोजक समेत रहेकी उपप्रमुख गीता अधिकारी, कोभिड उपचार केन्द्रकी फोकल पर्सन देवी दंगाललाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
सो मेसिनको प्रयोग मख्यतया बिरामीको रगतमा अक्सिजन र कार्वनडाई अक्साइडको मात्रा कति छ ? भनेर थाहा पत्ता लगाउन मद्धत गर्छ । जसका कारण विरामीको उपचारमा पूर्व तयारीका लागि सहज हुने बताइएको छ । यो उपकरण सो अस्पतालमा अहिले सम्म दाताहरुबाट प्राप्त भएको सबैभन्दा उपयोगी र मुल्यवान उपकरण भएको बताइएको छ । त्यसैगरी आज ( सोमबार) नै दमक ८ घर भई हाल अमेरिकामा बस्दै आएकी रोजी शाहले एक थान वासिङ मेसिन उपलब्ध गराएकी छिन । सो मेसिन उपचार केन्द्रमा रहेका कुरुवा तथा बिरामीको कपडा धुने प्रयोजनमा उपयोग गरिने बताइएको छ ।  यस अघि प्रवासमा बस्दै आएका दमकका युवाहरुले करिब ३ लाख मुल्य बराबरको सामाग्री प्रदान गरेका थिए । अक्सिजन उत्पादन गर्ने सो उपकरण युवाहरुको समुहले प्रदान गरेको हो ।
सो केन्द्रमा सघन उपचार कक्ष ( आइसियु) सञ्चालनमा सहयोग पुरयाउने उद्धेश्यले दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले एक थान अत्याधुनिक प्रकारको आइसियु वेड प्रदान गरिसकेको छ भने दमकका स्थापित व्यवसायी तथा सामाजिक व्यक्तित्व विष्णु खतिवडाले दुई थान आइसियु वेड प्रदान गरेका छन । दमक ७ स्थित जनसेवा ट्रेडर्सका प्रोप्राइटर समेत रहेका खतिवडाले ति सामाग्री हस्तान्तरण गरेका हुन ।

 

Facebook Comments Box